Logo

२०८३, श्रावण ३०गते


images
images

रुपन्देहीमा ६५.८६ प्रतिशत मत खस्यो, कुन क्षेत्रमा कति ?

रुपन्देहीमा ६५.८६ प्रतिशत मत खस्यो, कुन क्षेत्रमा कति ?

images
  • रुपन्देहीमा ६५.८६ प्रतिशत मत खस्यो, कुन क्षेत्रमा कति ?
    images
    images

    सिद्धार्थनगर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रुपन्देहीमा बिहीबार सम्पन्न मतदानमा ६५.८६ प्रतिशत मत खसेको छ ।

    images
    images
    images

    मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतका अनुसार जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ । मतदान केन्द्रबाट मतपेटिका संकलन गरी सुरक्षित रूपमा शिलबन्दी गर्ने काम भइरहेको छ ।

    images
    images
    images

    निर्वाचन कार्यालयका अनुसार रुपन्देही क्षेत्र नम्बर १ मा ९७ हजार २११ मत खसेको छ । यस क्षेत्रमा पुरुष ४४ हजार ९१६ र महिला ५२ हजार २९४ मतदाताले मतदान गरेका छन् ।

    images
    images
    images

    क्षेत्र नम्बर २ मा ८६ हजार ७१५ मत खसेको छ । यस क्षेत्रमा पुरुष ३९ हजार ५७८ र महिला ४७ हजार १३५ मतदाताले मतदान गरेका छन् ।

    क्षेत्र नम्बर ३ मा ९७ हजार ३८७ मत खसेको छ । जसमा पुरुष ४७ हजार ४८८ र महिला ४९ हजार ८९९ मतदाता सहभागी भएका छन् ।

    क्षेत्र नम्बर ४ मा ८६ हजार ८१२ मत खसेको छ । यस क्षेत्रमा पुरुष ३९ हजार ९४ र महिला ४७ हजार ७१८ मतदाताले मतदान गरेका छन् ।

    क्षेत्र नम्बर ५ मा ८४ हजार ८३८ मत खसेको छ । यस क्षेत्रमा पुरुष ३९ हजार ७६७ र महिला ४५ हजार ७१ मतदाता सहभागी भएका छन् ।

    जिल्लाभरि कुल ४ लाख ४२ हजार ९ सय ६३ मत खसेको छ । जसमा पुरुष २ लाख १० हजार ८ सय ६३ र महिला २ लाख ३२ हजार १ सय १७ मतदाता छन् ।

    निर्वाचन आयोगका अनुसार जिल्लामा कुल ६ लाख ७२ हजार ५ सय २३ मतदाता छन् । तीमध्ये महिला ३ लाख २६ हजार ३ सय ११, पुरुष ३ लाख ४६ हजार २ सय ३ र अन्य ९ जना रहेका छन् ।

    मतपेटिका संकलनपछि सर्वदलीय सहमतिका आधारमा आज राति वा भोलि बिहानदेखि मतगणना सुरु गर्ने तयारी गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।