Logo

२०८३, श्रावण ३०गते


images
images

रकम भुक्तानी नगरेपछि सोलारसहितका विज्ञापन सामग्री हटाउदै महानगर

रकम भुक्तानी नगरेपछि सोलारसहितका विज्ञापन सामग्री हटाउदै महानगर

images
  • रकम भुक्तानी नगरेपछि सोलारसहितका विज्ञापन सामग्री हटाउदै महानगर
    images
    images

    काठमाडौँ । महानगर प्रहरी बलले सोलारसहितका २५ वटा बस विसौनीका विज्ञापन सामग्री हटाएको छ ।

    images
    images
    images

    सार्वजनिक निजी साझेदारी अवधारणा अन्तर्गत त्रिलोक संरचना प्रालिले ३९ वटा बस बिसौनी निर्माण गरेर विज्ञापन राखेको थियो । महानगरपालिकाले २०६९ भदौ १४ गते पहिलो पटक सम्झौता गरेको थियो । यो सम्झौता २०७१ चैत २६ गते पहिलो पटक र २०७८ साल साउन २५ गते दोस्रो पटक सम्झौता नविकरण गरिएको थियो । 

    images
    images
    images

    सम्झौता बमोजिम बिज्ञापन नबुझाएको विवरण र विज्ञापन बोर्ड हटाउन तथा राख्न नदिने व्यवस्थाका लागि राजस्व विभागबाट पत्र प्राप्त भएपछि हटाउन थालेको महानगरले जनाएको छ । महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशी भन्छन्- 'विज्ञापन बोर्ड हटाउने क्रमलाई निरन्तरता दिइनेछ ।’

    images
    images
    images

    पछिल्लो सम्झौताबमोजिम महानगरपालिकाले वृद्धि गरेको विज्ञापन करको दरमा वार्षिक वुझाउनु पर्ने रबम वृद्धि भएको अनुपातमा थप गरेर विज्ञापन कर बुझाउनु पर्नेमा निर्माण पक्षले कर बुझाउनु पर्ने थियो । २०८२ वैशाख ११ गते वृद्धि भएको रकम बुझाउन पत्राचार गरिए पनि अहिलेसम्म बुझाएको छैन । कम्पनीले अहिलेसम्म १६ लाख १३ हजार २२४ रुपियाँ बुझाउन बाँकी छ ।

    आर्थिक वर्ष २०७८/०७९ मा विज्ञापनको दर प्रति स्क्वायर फिट ७ सय रुपियाँ रहेको र आर्थिक वर्ष २०८०/०८१ मा वृद्धि भएर प्रति स्क्वायर फिट १ हजार रुपियाँ पुगेको थियो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विज्ञापन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।