काठमाडौँ । हङकङ चाइनाविरुद्ध हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको लागि नेपाली राष्ट्रिय फुटबल टिमको प्रारम्भिक टोली छनौट गरिएको छ ।
मुख्य प्रशिक्षक गुग्लिएल्मो एरिनाले आफ्नो प्रारम्भिक टोलीमा ४९ खेलाडीहरूलाई बोलाएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ ।
नेपाली प्रारम्भिक टिममा अभिषेक लिम्बु, आदित्य शाक्य, अजय चौधरी, अनन्त तामाङ, अञ्जन विष्ट, अरिक विष्ट, अविष्कार खड्का, आयुष घलान, भरत खवास, विशाल सुनार, दीप कर्की, हन्जपेनाङ, हङकङ, दिवाकर चौधरी, जर्ज प्रिन्स कार्की, गिलेस्पे जङ्ग कार्की, किरण चेम्जोङ, किरण सुनार, कृतिश रत्न छुन्जु, कुशल देउवा, लच्छु थापा, लकेन लिम्मन्लम्मा, राई, नवयुग श्रेष्ठ, ओशेन्द्र कटुवाल, पदम भट्टराई, पदम कुमार तामाङ, पेम्बा दोर्जे लामा, प्रदिप बुढाथोकी, प्रदिप लामा, प्रताप सिंह राई, रामबाबु कुमार शा, रोहन कार्की, रोहित चन्द, रोमन भुजेल, सकल रेग्मी, सनिष श्रेष्ठ, सरज तामाङ, शंकर थरु, श्रृजम, शृङ्खला श्रेष्ठ, सुमन श्रेष्ठ, सुरज गुरुङ, योगेश धिमाल, योगेश गुरुङ र युवराज खड्का रहेका छन् ।
नेपालले मार्च २६ मा दशरथ रंगशालामा हङकङ चाइनाविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology