Logo

२०८३, श्रावण ३०गते


images
images

समाचार

राजस्व अनुसन्धानका तत्कालीन महानिर्देशकविरुद्ध मुद्धा दायर

राजस्व अनुसन्धानका तत्कालीन महानिर्देशकविरुद्ध मुद्धा दायर

images
  • राजस्व अनुसन्धानका तत्कालीन महानिर्देशकविरुद्ध मुद्धा दायर
    images
    images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलक राम अधिकारीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

    images
    images
    images

    आयोगका अनुसार अधिकारीले एचके इन्टरप्राइजेज प्रालिसम्बन्धी राजस्व चुहावटको छानबिन सहजीकरण गरिदिने नाममा कम्पनीका सञ्चालक श्रीकृष्ण श्रेष्ठ बिज्यूबाट ७० लाख रुपैयाँ घुस लिएको आरोप छ ।

    images
    images
    images

    अनुसन्धानमा उक्त रकम विकास चापागाई, देवेन्द्र केसी र रविन्द्र लामिछानेसहितको मिलेमतोमा विभिन्न बैंक खातामा जम्मा गरी स्वरूप परिवर्तन गरिएको पाइएको आयोगले जनाएको छ ।

    images
    images
    images

    आयोगका अनुसार घुसबाट प्राप्त रकम भक्तपुरको थिमीस्थित दिव्यश्वरी आयोजनाभित्रको जग्गा खरिद गर्न तथा ‘द कुटी रिसोर्ट’ को ऋण भुक्तानी गर्न प्रयोग गरिएको तथ्य पनि अनुसन्धानबाट पुष्टि भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राजस्व अनुसन्धान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।