Logo

२०८३, श्रावण २७गते


images
images

जापान र अस्ट्रेलियाले होर्मुजको रक्षाका लागि युद्धपोत नपठाउने

जापान र अस्ट्रेलियाले होर्मुजको रक्षाका लागि युद्धपोत नपठाउने

images
  • जापान र अस्ट्रेलियाले होर्मुजको रक्षाका लागि युद्धपोत नपठाउने
    images
    images

    काठमाडौँ । जापानले होर्मुज जलडमरूमध्य हुँदै जाने तेल बोकेका जहाजको सुरक्षाका लागि युद्धपोत पठाउने योजना अहिले नरहेको स्पष्ट गरेको छ ।

    images
    images
    images

    जापानकी प्रधानमन्त्री सना ताकाइचीले संसदमा बोल्दै आफ्नो देशले ती जहाजको सुरक्षा गर्न नौसैनिक बल पठाउने निर्णय नगरेको स्पष्ट पारेकी हुन् । उनले यसबारे अझै निर्णय नभएको र आफ्नो देशले कानुनी व्यवस्था भित्र रहेर के गर्न सक्छ भन्ने विषयमा अध्ययन गरिरहेको संसदमा बताएकी छन् ।

    images
    images
    images

    उनले भनेकी छन्- 'सुरक्षाका लागि साथ दिने जहाज पठाउने विषयमा कुनै निर्णय गरिएको छैन । जापानले आफ्नै स्तरमा के सम्भव छ भन्नेबारे हामी मूल्याङ्कन गरिरहेका छौँ ।'

    images
    images
    images

    यसैबीच अस्ट्रेलियाले पनि होर्मुज जलडमरूमध्यमा युद्धपोत नपठाउने स्पष्ट पारेको छ । यो प्रतिक्रिया अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त समुद्री मार्ग खुला राख्न सहयोगी देशहरूसँग सहयोग मागेपछि आएको हो ।

    अस्ट्रेलियाकी यातायात मन्त्री क्याथरिन किङले एक रेडियो अन्तर्वार्तामा बोल्दै आफ्नो देशले युद्धपोत नपठाउने बताएकी हुन् । उनले त्यस क्षेत्रका आफ्ना नागरिकलाई ध्यानमा राख्दै युएईलाई सहयोग गर्न विमान उपलब्ध गराइँदै गरेको जानकारी दिइन् ।

    उनले भनिन्- 'हामी होर्मुज जलडमरूमध्यमा कुनै जहाज पठाउने छैनौँ । यसको महत्व हामीलाई थाहा छ, तर यसका लागि हामीसँग आग्रह गरिएको छैन र हामी त्यस्तो योजनामा सहभागी पनि छैनौँ ।'

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अस्ट्रेलिया
  • # जापान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।