Logo

२०८३, आश्विन १७गते


images
images

अस्ट्रेलिया दक्षिण अफ्रिका सिरिज

अस्ट्रेलियामाथि दक्षिण अफ्रिकाको लगातार दोस्रो जित, एक खेल अघि जित्यो सिरिज

अस्ट्रेलियामाथि दक्षिण अफ्रिकाको लगातार दोस्रो जित, एक खेल अघि जित्यो सिरिज

images
  • अस्ट्रेलियामाथि दक्षिण अफ्रिकाको लगातार दोस्रो जित, एक खेल अघि जित्यो सिरिज
    images
    images

    काठमाडौँ । दक्षिण अफ्रिकाले अस्ट्रेलियाविरुद्धको तीन खेलको एकदिवसीय सिरिजको दोस्रो खेलमा ३२ रनको जित हात पारेको छ । जितसँगै दक्षिण अफ्रिकाले सिरिजमा २-० को अग्रता बनाउँदै एक खेल बाँकी छँदै सिरिज आफ्नो पक्षमा पारेको छ ।

    images
    images
    images

    जोहानेसबर्गमा टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३६५ रनको विशाल योगफल बनाएको थियो । दक्षिण अफ्रिकाका कप्तान तेम्बा बावुमाले ११६ बलमा १०३ रन बनाए भने डेभिड मिलरले आक्रामक ब्याटिङ गर्दै ९३ बलमा १४२ रनको शानदार पारी खेलेका थिए । मिलरले आफ्नो पारीमा १२ चौका र ९ छक्का प्रहार गरेका थिए । बावुमा र मिलरले चौथो विकेटका लागि १५६ रनको महत्वपूर्ण साझेदारी गर्दै दक्षिण अफ्रिकालाई बलियो अवस्थामा पुर्‍याएका थिए ।

    images
    images
    images

    ३६६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले सुरुवात भने उत्कृष्ट गरेको थियो । मिचेल मार्स र ट्राभिस हेडले पहिलो विकेटका लागि १३० रनको साझेदारी गरेका थिए । दुवैले समान ८४ रन बनाए । मार्सले ५३ बलमा १० चौका र ५ छक्का प्रहार गरेका थिए भने हेडले ७६ बलमा १२ चौका र एक छक्का प्रहार गरे । तर ओपनरद्वय आउट भएपछि अस्ट्रेलियाको मध्यक्रम दक्षिण अफ्रिकाका स्पिनरविरुद्ध टिक्न सकेन । अस्ट्रेलियाका जाभियर बार्टलेटले २८ बलमा ५० रन बनाएर खेलमा पुनः आशा जगाए पनि टोलीलाई जितसम्म पुर्‍याउन सकेनन् । अस्ट्रेलिया ४९ ओभर ५ बलमा ३३३ रनमा अलआउट भयो । दक्षिण अफ्रिकाका लिजाड विलियम्सले ३ विकेट लिए भने केशव महाराज र ब्योर्न फोर्टुइनले समान २–२ विकेट लिए ।

    images
    images
    images

    दक्षिण अफ्रिकाका लागि १४२ रनको उत्कृष्ट पारी खेलेका डेभिड मिलर खेलको उत्कृष्ट खेलाडी घोषित भए । दक्षिण अफ्रिकाले लगातार दोस्रो खेलमा अस्ट्रेलियालाई पराजित गर्दै तीन खेलको सिरिज २–० ले जितिसकेको छ । अब तेस्रो तथा अन्तिम एकदिवसीय खेल बुधबार पोट्चेफस्ट्रुममा हुनेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अस्ट्रेलिया
  • # सिरिज
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।