Logo

२०८३, श्रावण ३०गते


images
images

पढाई भईरहेकै अवस्थामा १५ जना विद्यार्थी बेहोस

पढाई भईरहेकै अवस्थामा १५ जना विद्यार्थी बेहोस

images
  • सेतोमसी सहकर्मी
  • पढाई भईरहेकै अवस्थामा १५ जना विद्यार्थी बेहोस
    images
    images

    सुरज श्रेष्ठ, वीरगञ्ज ।  पर्साको एक विद्यालयका १५ जना विद्यार्थी बेहोस भएका छन् । पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ४ सुगौली दापस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु बेहोस भएको शिक्षक सुरेश चौधरीले जानकारी दिए ।
            
    हिजो पनि सोहि बिद्यालयका दुई जना छात्रा मुर्छा परेका थिए । आज फेरी कक्षा ८, ९ र १० मा अध्ययनरत १५ जना विद्यार्थी चर्काे घामका कारण पढाई भईरहेकै अवस्थामा अचेत भएको विद्यालयका प्रधानाध्यापक रामाशंकर राउत थारुले बताए ।
       
    स्थानीय स्वास्थ्य चौकीमा उपचार गराएपछि हाल उनीहरूको अवस्था सामान्य रहेको छ । अत्यधिक गर्मीका कारण बिद्याार्थीहरुमा कमजोर महसुस हुने, स्वास फेर्न गार्हो हुने र अचेत हुने गरेको समस्या देखिएको विद्यालयले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विद्यार्थी बेहोस
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।