Logo

२०८३, श्रावण ३०गते


images
images

यदि चुनाव लड्ने तयारीमा हुनुहुन्छ भने,  यस्तो छ न्यूनतम योग्यता

यदि चुनाव लड्ने तयारीमा हुनुहुन्छ भने,  यस्तो छ न्यूनतम योग्यता

images
  • यदि चुनाव लड्ने तयारीमा हुनुहुन्छ भने,  यस्तो छ न्यूनतम योग्यता
    कार्टुन स्रोत कान्तिपुुर
    images
    images

    काठमाडौं । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा गाउँको माहोल सपार्न अहिले राजनीतिक दलका नेताहरू गाउँ तथा टोल केन्द्रित भएका छन्।

    images
    images
    images

    अहिले राजनीतिक दलहरुले टोल गई टोल भेला गर्नुका साथै गाउँ तथा नगरमा आम भेलाको तयारी गर्न थालेका छन्। स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै त्यहाका  सक्रिय राजनीतिक दलका नेताहरु मतदातालाई आफ्नो पक्षमा आकर्षित गर्नुका साथै चुनावी माहोल बनाउन गाउँ टोल छिरेका हुन्।

    images
    images
    images

    देश चुनावी माहोलमा तातिरहेको छ । विभिन्न पार्टीबाट आकांक्षीहरु नाम दिनहु सार्बजनिक भैरहेको छ ।

    images
    images
    images

    स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारीका लागि तयारी सुरु भएको छ । मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष, उपाध्यक्षदेखि वडा अध्यक्ष र सदस्यका लागि उम्मेदवारी दिन चाहनेहरुले परामर्श थालेका छन् ।

    यदि तपाईं पनि उम्मेदवार बन्ने सोचमा हुनुहुन्छ भने आवश्यक योग्यताका बारेमा जानकार हुनुपर्नेछ ।

    उम्मेदवार हुनका लागि नेपाली नागरिकताको प्रमाणपत्र चाहिन्छ । साथै तपाईंको उमेर २१ बर्ष पूरा भएको हुनुपर्नेछ ।

    साथै मतदाता नामावलीमा नाम हुनुपर्नेछ । यसका साथै सबैभन्दा महत्वपूर्ण तपाईंको मतदाता नामावली जुन स्थानीय तहमा छ, त्यहाँ मात्र चुनाव लड्न पाउनुहुन्छ ।

    यदि तपाईको नामावली काठमाडौंमा छ । तर, गृहजिल्लाको स्थानीय तहमा चुनाव लड्ने सोचमा हुनुहुन्छ भने पाउनुहुन्न ।

     

    साथै उम्मेदवार हुनका लागि कुनै फौजदारी मुद्दा नलागेको र कारबाही नभोगेको हुनुपर्नेछ ।

    कसरी छानिन्छ, स्थानीय तहका पदाधिकारी ?

    सम्वन्धित स्थानीय तहको भूगोलभित्र बस्ने र मतदाता नामावलीमा नाम उल्लेख भएका नागरिक कुल मतदाता मानिनेछ । त्यो कुल मतदाताले प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत आफ्ना उम्मेदवारलाई मतदान गर्नेछ ।

    एकजना मतदाताले स्थानीय तहको प्रमुख र उपप्रमुखलाई मत दिनेछन् । यस्तै आफ्नो वडाका लागि वडाध्यक्षको उम्मेदवार र चार सदस्यका लागि समेत मत दिन पाउनेछन् । यही आधारमा स्थानीय तहमा एक मतदातालाई सात वटा पदका लागि मतदान गर्नेछन् ।

    सबैभन्दा बढी मत पाउने निर्वाचित हुने व्यवस्था रहेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।