Logo

२०८३, श्रावण ३०गते


images
images

महिला राष्ट्रिय लिग

एन्फाद्वारा महिला राष्ट्रिय लिग पनि स्थगित

एन्फाद्वारा महिला राष्ट्रिय लिग पनि स्थगित

images
  • एन्फाद्वारा महिला राष्ट्रिय लिग पनि स्थगित
    images
    images

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले जारी शहिद स्मारक महिला राष्ट्रिय लिग पनि स्थगित गरेको छ ।

    images
    images
    images

    एन्फाले बिहीबार सूचना जारी गर्दै लिगका पाँचौं देखिका खेलहरु अर्को सूचना जारी नहुँदासम्मको लागि स्थगित गरिएको उल्लेख गरेको छ । 

    images
    images
    images

    एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले जारी गरेको सुचनामा भनेका छन्- 'उपरोक्त सम्बन्धमा अखिल नेपाल फुटबल संघको आयोजनामा मिति २०८२ चैत्र ४ गतेबाट संचालन भईरहेको शहिद स्मारक महिला राष्ट्रिय लिग प्रतियोगिता २०८२ अर्न्तगत म्याच नं ५ देखिका खेलहरु प्राविधिक कारणवश अर्को सुचना प्रकाशन नभए सम्मको लागी स्थगित गरिएको जानकारी गराउदछु ।'

    images
    images
    images

    यसअघि एन्फाले जारी राष्ट्रिय लिग पनि स्थगित गरेको जानकारी दिएको थियो । 

    एन्फाले अहिले दोहोरो विवादमा परेका कारण खेल स्थगित गरेको बुझिएको छ । लिगमा खेलिरहेका विदेशी खेलाडीहरु पर्यटक भिसामा रहेको उजुरी अध्यागमनमा परेपछि विभागले अनुसन्धान शुरु गरेको छ र पर्यटक भिसामा रहेका खेलाडीलाई लिग नखेलाउन निर्देशन दिएको छ ।

    अर्को तर्फ एन्फा र ए डिभिजन लिग क्लबबीच विवाद बढेपछि उनीहरु अन्दोलित भएका छन् र एन्फाको कार्यालय अगाडी धर्ना दिदै आएका छन् । 

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।