Logo

२०८३, श्रावण ३०गते


images
images

समाचार

नाडाको २९ सदस्यीय नयाँ केन्द्रीय कार्य समिति गठन

नाडाको २९ सदस्यीय नयाँ केन्द्रीय कार्य समिति गठन

images
  • नाडाको २९ सदस्यीय नयाँ केन्द्रीय कार्य समिति गठन
    images
    images

    काठमाडौँ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले २९ सदस्यीय कार्यसमिति गठन गरेका छन् ।  

    images
    images
    images

    गत पौष २५ गते काठमाडौँमा सम्पन्न निर्वाचनबाट नाडाको केन्द्रीय कार्य समितिको सदस्य पदमा निर्वाचित सदस्यहरु मध्येबाट पदाधिकारीहरुको निर्वाचन कार्य सम्पन्न गरी नाडाको २९ सदस्यीय केन्दीय कार्य समितिको गठनलाई पूर्णता प्रदान गरिएको छ । 

    images
    images
    images

    नाडाको केन्द्रीय कार्य समितिका पदाधिकारीहरुमा अध्यक्ष सुरेन्द्रकुमार उप्रेती, निवर्तमान अध्यक्ष करणकुमार चौधरी, संस्थागत उपाध्यक्ष भद्र भण्डारी, संस्थागत उपाध्यक्ष गणेशप्रसाद भट्टराई, उपाध्यक्ष विक्रम सिंहानिया, उपाध्यक्ष अभिक ज्योति, महासचिव मिलनबाबु मल्ल, सचिव मेघराज पौड्याल, कोषाध्यक्ष पंकज अग्रवाल, सहकोषाध्यक्ष निलमणी पाठक रहेका छन् ।

    images
    images
    images

    त्यस्तै संस्थागत सदस्यहरु मध्येबाट प्रदेश सदस्यमा डिल्लीराम आचार्य, केदारकुमार अग्रवाल, दामोदर अटल, दिपेन्द्र कोइराला र पुष्कर ओझा रहेका छन् ।

    त्यस्तै साधारण सदस्यहरु मध्येबाट अनुपकुमार बराल, तोयानाथ खनाल, दिपकराज गिरी, दिपेन्द्रकुमार मिश्र, दिवाकर मिश्र, नवराज भुसाल, नविनकुमार पारख, नारायणप्रसाद पौडेल, प्रकाश कपुरी, विकाश जोशी, विमल साह रहेका छन्  । त्यस्तै अध्यक्षबाट मनोनित सदस्यमा दिपककुमार अग्रवाल, महेश पाल र राजेशप्रसाद गिरी रहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नाडा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।