Logo

२०८३, श्रावण ३०गते


images
images

एनआरएनए फ्रान्सको मिल्यो विवाद

एनआरएनए फ्रान्सको मिल्यो विवाद

images
  • एनआरएनए फ्रान्सको मिल्यो विवाद
    images
    images

    लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्मा पनि एकताको सुरुआत भएको छ। एनआरएनए फ्रान्समा लामो समयदेखि चलेको विवाद अन्त्य भएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. हेमराज शर्मा को उपस्थितिमा आइतबार साँझ भएको भेलाले दिलीप गुरुङको नेतृत्वमा एकीकृत एनआरएनए फ्रान्सको कार्यसमिति चयन गरेको छ ।

    images
    images
    images

    अन्तर्राष्ट्रिय समन्वय परिषद्को मार्च १४–१६, काठमाडौँमा सम्पन्न १२ औँ वृहत् एकता महाधिवेशनपछि डा. शर्मा सर्वसम्मत अध्यक्ष चयन भएका थिए। त्यसपछि समानान्तर गतिविधि गर्दै आएका एनसीसीहरुको एकता प्रक्रिया सुरु भएको हो ।

    images
    images
    images

    काठमाडौँमा ‘फेस–टु–फेस’ मिटिङ सकेर अध्यक्ष डा. शर्मा सिधै फ्रान्स पुगेका थिए। त्यहाँ दिलीप गुरुङ र मीन श्रेष्ठ नेतृत्वको दुई कार्यसमिति मर्ज भएका छन्। समझदारी अनुसार दिलीप गुरुङले एनसीसीको नेतृत्व गर्नेछन् भने मीन श्रेष्ठलाई आइसिसी सदस्य बनाउने सहमति भएको छ ।

    images
    images
    images

    कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा राजेन्द्र श्रेष्ठ र लाल बहादुर सोडारी, महासचिवमा राजु बस्नेत, कोषाध्यक्षमा समीक्षा थापा, सचिवमा नीरजचन्द्र सोडारी र जीत कुमार विश्वकर्मा, महिला उपाध्यक्षमा नीलिमा शाही र विष्णु शाही, खुल्ला उपाध्यक्षमा सरोज अधिकारी, सह कोषाध्यक्षमा श्रवण कुमार मैनाली, महिला संयोजकमा यमकला पौडेल र किरण चालिसे, युवा संयोजकमा मिलन रसाइली, सदस्यमा मनोज गुरुङ, विष्णु दुवाडी, सन्दीप गुरुङ, रम्भा तामाङ, दीपेन्द्र लामा, कृष्ण महर्जन र रम्ना राई रहेका छन्। आइसिसी सदस्यमा लोक बहादुर पुन चयन भए भने शिवराम भण्डारीलाई पछि मनोनयन गर्ने प्रस्ताव गरिएको छ।

    अध्यक्ष डा. शर्मा भन्छन्- 'आइसिसी एकता भएपछि एनसीसीको एकता मेरो प्राथमिकतामा रहेको छ। फ्रान्सबाट सुरु भएको एनसीसी एकता प्रक्रिया अन्य देशमा पनि चाँडै सुरु हुने विश्वास छ।' उनले एनआरएनए फ्रान्स मिलाउन सहयोग गर्ने संस्थापक तथा पूर्व अध्यक्षहरूलाई धन्यवाद दिएका छन् ।

    यसअघि नोभेम्बर ३० मा केन्द्रमा प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा एकता प्रक्रिया सुरु भएको थियो। त्यसपछि मार्च १४–१६ मा एकता महाधिवेशन सम्पन्न भएको थियो र सर्वसम्मत नेतृत्व चयन गरेर एकताको सन्देश दिन प्रयास गरिएको थियो।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एनआरएनए
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।