Logo

२०८३, श्रावण ३०गते


images
images

समाचार

बझाङमा सडक निर्माणमा भ्रष्टाचार, पाँच जनाविरुद्ध मुद्धा दायर

बझाङमा सडक निर्माणमा भ्रष्टाचार, पाँच जनाविरुद्ध मुद्धा दायर

images
  • बझाङमा सडक निर्माणमा भ्रष्टाचार, पाँच जनाविरुद्ध मुद्धा दायर
    images
    images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङस्थित सडक निर्माणमा अनियमितता गरेको आरोपमा पाँच जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । 

    images
    images
    images

    बित्थडचिर गाउँपालिका-९ अन्तर्गत बागथला-धारी डोबा सडक निर्माणमा काम नगरी भुक्तानी दिएको उजुरीका आधारमा गरिएको अनुसन्धानपछि मुद्दा दायर गरिएको हो ।

    images
    images
    images

    अनुसन्धानका क्रममा बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्ट, इन्जिनियर सन्देश भण्डारी, सबइन्जिनियर किरण भण्डारी, लेखापाल रामचन्द्र धामी तथा निर्माण व्यवसायी मानबहादुर बोहराबीच मिलेमतो भएको पाइएको आयोगले जनाएको छ ।

    images
    images
    images

    आयोगका अनुसार योजनाअनुसार निर्माण कार्य पूरा नभए पनि सम्पन्न भएको देखाएर झुट्टा बिल र प्रतिवेदन तयार गरी भुक्तानी लिइएको थियो। नापी किताबमा ३३८ मिटर सिँचाइ नहर उल्लेख गरिए पनि स्थलमा २४८ मिटर मात्र निर्माण भएको र केही संरचनाको काम नै नभएको भेटिएको छ ।

    यसरी वास्तविकभन्दा कम काम गरी सरकारी रकम करिब ८ लाख ४८ हजार रुपैयाँभन्दा बढी हिनामिना गरिएको आयोगको निष्कर्ष छ ।

    उक्त कार्यले सरकारलाई हानि पुर्‍याउने र सम्बन्धित व्यक्तिलाई गैरकानुनी लाभ दिलाउने उद्देश्यले भ्रष्टाचार भएको पुष्टि भएपछि भ्रष्टाचार निवारण ऐनअनुसार कारबाही माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भ्रष्टाचार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।