बुटवल । नेकपा (माओवादी केन्द्र) बुटवल उपमहानगरपालिकाको पदाधिकारी र वडाध्यक्षको बैठकले आफ्नै बलबुतामा निर्वाचन लड्ने निर्णय गरेको छ ।
बुधबार नगर अध्यक्ष महेन्द्र भुसालको अध्यक्षतामा बुटवलमा बसेको बैठकले पार्टी मजबुत बन्दै गएको र एक्लै निर्वाचनमा जाँदापनि अपेक्षाकृत नतिजा ल्याउन सकिने निष्कर्ष निकाल्दै निर्वाचनको तयारीमा जुट्ने निर्णय गरेको नगर पार्टी सचिव सागर न्यौपानेले बताए ।
अध्यक्ष भुसालका अनुसार वडा र टोलमा निर्वाचन सम्पर्क कार्यालय व्यवस्थापन लगायतका प्राबिधिक काम तत्काल टुङ्ग्याएर माओवादी घरदैलो अभियानमा जाने छ ।
बैठकमा पार्टी जिल्ला संयोजक निर्मल जीसी, प्रदेश कमिटी सदस्य हरी घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology