Logo

२०८३, श्रावण २७गते


images
images

प्रतिनिधि सभाको पहिलो अधिवेशन आजदेखि

प्रतिनिधि सभाको पहिलो अधिवेशन आजदेखि

images
  • प्रतिनिधि सभाको पहिलो अधिवेशन आजदेखि
    images
    images

    काठमाडौँ । संघीय संसदको पहिलो अधिवेशन आजदेखि शुरु हुदैछ । आज प्रतिनिधि सभाको बैठक २ बजे र राष्ट्रिय सभाको बैठक पनि २ बजेदेखि नै शुरु हुदैछ ।

    images
    images
    images

    फागुन २१ मा सम्पन्न निर्वाचनपछि प्रतिनिधि सभाको बैठक पहिलो पटक बस्न लागेको हो । प्रतिनिधि सभामा रास्वपाका १८२, नेपाली काँग्रेसका ३८, नेकपा एमालेका २५, नेकपाका १७, श्रम शक्ति पार्टीका ७, राप्रपाका ५ र एक सांसद स्वतन्त्र रहेका छन् । प्रतिनिधि सभाको आजको बैठक पहिलो बैठक भएकाले बैठकको अध्यक्षता जेष्ठ सदस्य अर्जुननरसिंह केसीले गर्दैछन् ।

    images
    images
    images

    आजको बैठकका सम्भावित कार्यसूची यस्तो छ: 

    images
    images
    images

    राष्ट्रपतिको पत्र

    - ज्येष्ठ सदस्य/सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने ।

    - सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्री पदमा नियुक्ति तथा मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरूको बेहोरा पढेर सुनाउने ।

    - प्रतिनिधि सभा नियमावली, २०७९ बमोजिम कामकारवाही गर्ने प्रस्ताव पेस र स्वीकृत सभामुखले नेपालको संविधानको धारा १०४ बमोजिम प्रतिनिधि सभाबाट सभाले आफ्नो नियमावली नबनाएसम्मको लागि प्रतिनिधि सभा नियमावली, २०७९ बमोजिम कामकारवाही गर्ने प्रस्ताव स्वीकृतिका लागि प्रस्तुत गर्ने ।

    बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन

    - सभामुखले सभामुखको अनुपस्थितमा बैठकको अध्यक्षता गर्न माननीय सदस्यहरूको मनोनयन गर्ने ।

    अधिवेशन प्रारम्भको अवसरमा मन्तव्य

    अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा माननीय सदस्यहरूले आ-आफ्नो मन्तव्य राख्ने ।

    सभामुख पदको निर्वाचनको दिन तोकिने

    सभामुखले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ७ बमोजिम प्रतिनिधि सभाको सभामुख पदको निर्वाचनको लागि दिन तोक्ने ।

    अध्यादेश पेस

    गृहमन्त्री सुधन गुरुङले निम्नलिखित अध्यादेशहरू पेस गर्नुहुने:-

    (क)  मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२

    (ख)  प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२

    (ग)  नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२

    शोक प्रस्ताव

    सभामुखले संविधान सभाका सदस्य एवं पूर्व सदस्यहरु ऋषिकेश गौतम, मोहम्मद आफताब आलम, आमोदप्रसाद उपाध्याय, होमनाथ दाहाल र संविधान सभा तथा राष्ट्रिय सभाका सदस्य बलदेव बोहराकोको शोक प्रस्तावहरु प्रस्तुत गर्ने ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रतिनिधिसभा बैठक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।