Logo

२०८३, श्रावण ३०गते


images
images

परराष्ट्रमन्त्री शिशिर खनाल पहिलो विदेश भ्रमणमा आज मौरिसस जादै

परराष्ट्रमन्त्री शिशिर खनाल पहिलो विदेश भ्रमणमा आज मौरिसस जादै

images
  • परराष्ट्रमन्त्री शिशिर खनाल पहिलो विदेश भ्रमणमा आज मौरिसस जादै
    images
    images

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले पहिलो विदेश भ्रमण मौरिससको गर्ने भएका छन् । 

    images
    images
    images

    चैत्र २७ र २८ मा मौरिससमा इण्डियन फाउन्डेसनले आयोजना गरेको नवौं पश्चिमी हिन्द महासागर सम्मेलनमा सहभागी हुन मन्त्री खनाल आज मौरिसस जाने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार खनाल आज त्यसतर्फ प्रस्थान गर्ने तय भएको छ ।

    images
    images
    images

    मौरिसस सरकार र इण्डिया फाउन्डेसनले आयोजना गरेको यस कार्यक्रमको नवौं संस्करण 'हिन्द महासागरको सुशासनका लागि सामूहिक जिम्मेवारी' भन्ने शिर्षका बहस र छलफल हुने बताइएको छ ।  कार्यक्रममा भारतका विदेशमन्त्री एस. जयशंकर पनि सहभागी हुदैछन् । खनालले जयशंकरसँग पनि सोहि कार्यक्रमको सिलसिलामा भेटवार्ता गर्ने बताइएको छ ।

    images
    images
    images

    सम्मेलनमा बंगलादेश, श्रीलंका, भुटानसहितका देशका विदेशमन्त्रीहरुको सहभागिता हुने इण्डियन फाउन्डेसनले जानकारी दिएको छ ।

    इण्डिया फाउन्डेसनका अध्यक्ष भारतीय जनता पार्टीका नेता राम माधवन रहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शिशिर खनाल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।