Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

लेबनानमा इजरायली आक्रमणमा एकैदिन २५४ जनाको मृत्यु

लेबनानमा इजरायली आक्रमणमा एकैदिन २५४ जनाको मृत्यु

images
  • लेबनानमा इजरायली आक्रमणमा एकैदिन २५४ जनाको मृत्यु
    images
    images

    काठमाडौँ । लेबनानमा इजरायली आक्रमणका कारण एकै दिन २५४ जनाको मृत्यु भएको छ । बुधबार इजरायली सेनाले सयौँ क्षेप्यास्त्र प्रहार गर्दा ठूलो मानवीय क्षति भएको लेबनानको नागरिक सुरक्षा निकायले जनाएको छ ।

    images
    images
    images

    उक्त आक्रमणमा कम्तीमा ११६५ जना घाइते भएका छन् । घटनापछि देशभर राष्ट्रिय शोक घोषणा गरिएको छ ।

    images
    images
    images

    आक्रमण बेरुत, बेक्का उपत्यका, माउन्ट लेबनान, सैदोन तथा दक्षिणी लेबनानका विभिन्न गाउँहरूमा गरिएको जनाइएको छ । यो घटना त्यही दिन भएको हो, जुन दिन अमेरिका–इजरायल र इरानबीच दुई साताका लागि युद्धविराम घोषणा गरिएको थियो ।

    images
    images
    images

    इजरायली सेनाका अनुसार मार्च २ देखि सुरु गरिएको नयाँ सैन्य अभियानअन्तर्गत यो लेबनानमाथिको अहिलेसम्मकै सबैभन्दा ठूलो आक्रमण हो । सेनाले १०० भन्दा बढी कमाण्ड केन्द्र र सैन्य अड्डालाई निशाना बनाएको दाबी गरेको छ ।

    इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले लेबनान उक्त युद्धविरामको हिस्सा नभएको बताएका छन् । तर मध्यस्थकर्ताको भूमिकामा रहेको पाकिस्तानले भने सो युद्धविराममा लेबनान पनि समावेश रहेको दाबी गरेको छ । अर्कोतर्फ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनान उक्त सहमतिभन्दा बाहिर रहेको बताएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लेबनान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।