Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

इजरायलद्वारा लेबनानमा भिषण आक्रमण, एक इजरायली सैनिकको मृत्यु, १३ जना घाइते

इजरायलद्वारा लेबनानमा भिषण आक्रमण, एक इजरायली सैनिकको मृत्यु, १३ जना घाइते

images
  • इजरायलद्वारा  लेबनानमा भिषण आक्रमण, एक इजरायली सैनिकको मृत्यु, १३ जना घाइते
    images
    images

    काठमाडौँ । लेबनानमा भएको आक्रमणमा एक इजरायली सैनिकको मृत्यु भएको छ भने अन्य १३ जना सैनिक घाइते भएका छन् । 

    images
    images
    images

    इजरायली सञ्चारमाध्यमका अनुसार, कफर तेबनित क्षेत्रमा रहेको सैनिक चौकीलाई लक्षित गर्दै रकेट प्रहार र मानवरहित हवाई उपकरणमार्फत आक्रमण गरिएको थियो ।

    images
    images
    images

    रिपोर्टका अनुसार इजरायली सैनिकहरू अली ताहेर रिज क्षेत्रमुनि रहेको हिजबुल्लाहको ठूलो भूमिगत संरचनालाई आफ्नो नियन्त्रणमा लिन सञ्चालन गरिएको अभियानमा सहभागी थिए । यही स्थानमा शुक्रबार गरिएको कारबाहीका क्रममा चार इजरायली सैनिकको मृत्यु भएको थियो ।

    images
    images
    images

    इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सर्वसाधारण नागरिकको ज्यान जोगाउन इजरायली सेनाले विश्वका अन्य सेनाभन्दा बढी सावधानी अपनाउने दाबी गरेका छन् । उनले इजरायलविरुद्ध सबैभन्दा धेरै भ्रामक प्रचार हुने गरेको पनि बताएका छन्।

    यता, लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मार्च २ यता इजरायली आक्रमणमा कम्तीमा ४ हजार ५७ जनाको मृत्यु भएको छ भने १२ हजार १ सय २१ जना घाइते भएका छन् । मृत्यु हुनेमध्ये ठूलो सङ्ख्यामा महिला र बालबालिका रहेका बताइएको छ ।

    यसैबीच, स्विट्जरल्यान्डमा हुने वार्तामा लेबनानको अवस्थाबारे आपत्कालीन बैठक पनि समावेश गरिएको छ । यही विषय छलफलको पहिलो प्राथमिकतामा रहने बताइएको छ ।

    स्विट्जरल्यान्ड प्रस्थान गर्नुअघि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले लेबनानमा युद्धविरामको दिशामा प्रगति गराउनु आफ्नो प्रमुख प्राथमिकतामध्ये एक रहेको बताएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इजरायल
  • # लेबनान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।