Logo

२०८३, श्रावण ३०गते


images
images

शिक्षा

शैक्षिक गुणस्तरको यात्रामा बर्दघाटको कुमुदिनी : आइएसओ  लोगो हस्तान्तरण

शैक्षिक गुणस्तरको यात्रामा बर्दघाटको कुमुदिनी : आइएसओ  लोगो हस्तान्तरण

images
  • शैक्षिक गुणस्तरको यात्रामा बर्दघाटको कुमुदिनी : आइएसओ  लोगो हस्तान्तरण
    images
    images

    पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटस्थित कुमुदिनी माध्यमिक विद्यालयले अन्तर्राष्ट्रिय शैक्षिक गुणस्तर प्रमाण चिन्ह हासिल गरेको छ । विद्यालयले ‘अन्तर्राष्ट्रिय मानकीकरण संस्था’ (आइएसओ) को निश्चित मापदण्डहरू पूरा गरेसँगै आइएसओ लोगो प्राप्त गरेको हो । 

    images
    images
    images

    आइएसओ प्रतिनिधि सुदिप पौडेलले विद्यालयका अध्यक्ष धीरज शर्मा बस्याल र प्रधानाध्यापक रेश्मीराज बस्याललाई आइएसओको आधिकारिक लोगो हस्तान्तरण गरे ।

    images
    images
    images

    आइएसओ प्रमाणपत्र प्राप्तिका लागि कुल ५१ वटा सूचकहरू पूरा गर्नुपर्ने प्रावधान छ । प्रअ बस्यालका अनुसार हालसम्म कुमुदिनीले झन्डै ३० प्रतिशत सूचकहरू पूरा गरिसकेको छ ।

    images
    images
    images

    शैक्षिक योजना, शिक्षकको दक्षता, प्रशासनिक चुस्तता, विद्यार्थी मूल्याङ्कन प्रणाली, भौतिक पूर्वाधार र सुरक्षा व्यवस्था जस्ता आधारभूत मापदण्डहरूमा विद्यालयले उल्लेख्य सुधार गरेपछि लोगो प्रदान गरिएको हो । बाँकी रहेका सूचकहरू आगामी ३ वर्षभित्र पूरा गर्ने लक्ष्य रहे पनि विद्यालयले सो समय अगावै सबै प्रक्रिया सम्पन्न गरी पूर्ण प्रमाणपत्र प्राप्त गर्ने संकल्प लिएको जनाएको छ ।

    लोगो हस्तान्तरण समारोहमा बोल्दै प्रतिनिधि सभा सदस्य एवंम् रास्वापाका नेता बिक्रम खनालले नीजि क्षेत्र र सरकारबीचको आपसी सहकार्यले मात्रै ठोस उपलब्धि हासिल हुन सक्ने बताए । 

    खनालले सरकारले शैक्षिक सुधारका लागी काम गरिरहेको जिकिर गर्दै सामुदायिक तथा संस्थागत सबै विद्यालयले सरकारले दिएको निर्देशन अक्षरस पालना गर्नुपर्नेमा जोड दिए । संस्थागत विद्यालयहरुमा शैक्षिक गुणस्तरीयतामा कमि हुन नहुने गरी शैक्षिक वातावरण तयार गर्नुपर्ने उल्लेख गरे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आइएसओ
  • # कुमुदिनी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।