Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

सर्वोच्चको आदेशपछि छलफलमा देउवा पक्ष

सर्वोच्चको आदेशपछि छलफलमा देउवा पक्ष

images
  • सर्वोच्चको आदेशपछि छलफलमा देउवा पक्ष
    images
    images

    काठमाडौं । सर्वोच्च अदालतले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएपछि देउवा पक्ष आन्तरिक छलफलमा जुटेको छ । पुर्व कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले आफु निकट नेताहरुसँग छलफल थालेका हुन् ।

    images
    images
    images

    देउवा पक्षले गगन नेतृत्वको कांग्रेसलाई नै मान्यता दिएपछि अब नयाँ पार्टी खोलेर जाने या काँग्रेसमै संघर्ष गर्ने भन्ने विकल्पमा छलफल गरिरहेको छ ।

    images
    images
    images

    गगन थापाले अदालतको निर्णयपछि अब पार्टीका सबै नेता कार्यकर्ता महाधिवेशनमा केन्द्रित हुनुपर्ने बताएका छन् । उनले कसैलाई भेदभाव नगर्ने बताउदै एक भएर पार्टी निर्माणमा लाग्न सबैलाई आग्रह गरेका छन् ।

    images
    images
    images

    अर्कोतर्फ नेता खड्काले भने आफुले विशेष अधिवेशन नमान्ने स्पष्ट अडान कायमै राखेका छन् । आफु निकट नेताहरुसँग कुनै पनि अवस्थामा विशेष अधिवेशनलाई नमान्ने बताउने गरेका छन् ।

    विशेष अधिवेशनपछि समानन्तर गतिबिधि गरिरहेकै कारणले काँग्रेसले खड्कालाई स्पष्टिकरण समेत सोधेको अवस्था रहेको छ ।

    खड्काले आफूनिकट नेताहरूसँगको छलफलपछि वर्तमान अवस्थामा आफु पक्षको रणनीति बारे विज्ञप्ति मार्फत नै जानकारी गराउने तायरी गरेको बताइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सर्वोच्च
  • # देउवा पक्ष
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।