Logo

२०८३, श्रावण ३०गते


images
images

मविरुद्ध उठेका विषयमा अनुसन्धानमा पूर्ण सहयोग गर्छु : गृहमन्त्री गुरुङ

मविरुद्ध उठेका विषयमा अनुसन्धानमा पूर्ण सहयोग गर्छु : गृहमन्त्री गुरुङ

images
  • मविरुद्ध उठेका विषयमा अनुसन्धानमा पूर्ण सहयोग गर्छु : गृहमन्त्री गुरुङ
    images
    images

    काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले आफूविरुद्ध उठेका विषयमा अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले पार्टीले गर्ने निर्णयको पालना गर्दै आवश्यक सहकार्य गर्न तयार रहेको स्पष्ट पारेका छन् ।

    images
    images
    images

    पछिल्लो समय आफ्नो नाम जोडेर विभिन्न चर्चा भइरहेको उल्लेख गर्दै गुरुङले तथ्य र हल्लाबीच फरक छुट्याउन आग्रह गरेका छन् । उनले २५ लाख रुपैयाँ बराबरको सेयर लुकाएको आरोप निराधार भएको दाबी गर्दै सबै लगानी सम्पत्ति विवरणमै उल्लेख गरिएको बताएका छन् ।

    images
    images
    images

    उनका अनुसार धितोपत्र बजारमा कारोबार हुने कम्पनीहरूमा दुई करोडभन्दा बढी लगानी खुलाइसकिएको छ । स्टार माइक्रो र लिबर्टी माइक्रोमा रहेको लगानी पनि सोही श्रेणीभित्र पर्ने भन्दै लुकाउने नभई वर्गीकरणको विषय भएको स्पष्ट पारेका छन् ।

    images
    images
    images

    गुरुङले मन्त्री बन्नुअघि सेयर खरिद गर्नु गैरकानुनी नभएको उल्लेख गर्दै सबै कारोबार बैंकिङ प्रणालीमार्फत भएको बताएका छन् । लगानीका लागि प्रयोग गरिएको रकम कर्जामार्फत जुटाइएको र त्यसको कागजी प्रमाण तथा बैंक रेकर्ड उपलब्ध रहेको उनको भनाइ छ ।

    विवादित व्यक्तिसँग साझेदारीको आरोपबारे उनले एउटै कम्पनीमा धेरै सेयरधनी हुने भएकाले सेयर किन्नु सबैसँग साझेदारी गर्नु नभएको बताएका छन् । यस्तो आरोप न्यायोचित नभएको उनको जिकिर छ ।

    ‘स्वार्थको द्वन्द्व’ सम्बन्धी आरोपबारे गुरुङले यस विषयको छानबिन सम्बन्धित निकायमार्फत भइरहेको र त्यसमा आफूले कुनै हस्तक्षेप नगरेको बताएका छन् ।

    उनले लगानीमा जोखिम स्वाभाविक हुने र पछिका घटनालाई आधार बनाएर अघिको निर्णयलाई दोष दिनु उचित नभएको उल्लेख गरेका छन् । कानुनी रूपमा संवेदनशील विषय भएकाले हतारमा प्रतिक्रिया दिनु उपयुक्त नहुने पनि उनले बताएका छन् ।

    गुरुङले आरोप र सत्य फरक कुरा भएको उल्लेख गर्दै निर्णय प्रमाणका आधारमा हुनुपर्ने बताएका छन् । उनले अनुसन्धान प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गृहमन्त्री सुदन गुरुङ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।