काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच. हाश्मीलाई शिष्टाचार भेटवार्ता गरेका छन् ।
शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटका क्रममा नेपाल-पाकिस्तान द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी हितका विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
दुवै पक्षबीच आपसी समझदारी, सहकार्य र सम्बन्धलाई अझ मजबुत बनाउने विषयमा सकारात्मक संवाद भएको बताइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology