Logo

२०८३, आश्विन ९गते


images
images

समाचार

कच्चा तेलको मूल्य लगातार तेस्रो दिन प्रतिव्यारेल १०० डलरभन्दा माथि

कच्चा तेलको मूल्य लगातार तेस्रो दिन प्रतिव्यारेल १०० डलरभन्दा माथि

images
  • कच्चा तेलको मूल्य लगातार तेस्रो दिन प्रतिव्यारेल १०० डलरभन्दा माथि
    images
    images

    काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार तेस्रो दिन पनि प्रतिव्यारेल १०० डलरभन्दा माथि कायम रहेको छ। यसले विश्व बजारसँगै आयातमा निर्भर देशहरूमा चिन्ता बढाएको छ ।

    images
    images
    images

    वैश्विक मापदण्ड ब्रेन्ट क्रुड शुक्रबार १ दशमलव ८ प्रतिशतले बढेर प्रतिव्यारेल १०१.२ डलर पुगेको छ। यसअघि बुधबार र बिहीबार पनि यसको मूल्य १०० डलरभन्दा माथि बन्द भएको थियो। अमेरिकी मापदण्ड डब्लुटिआई पनि १.८ प्रतिशतले बढेर प्रतिव्यारेल ९७.६ डलरमा कारोबार भएको छ।

    images
    images
    images

    विश्लेषकहरूका अनुसार अमेरिका-ईरान तनाव अन्त्यतर्फ कुनै ठोस प्रगति नदेखिएकाले बजारमा अनिश्चितता कायम छ। इजरायल-लेबनानबीच युद्धविराम अवधि थपिए पनि क्षेत्रीय तनाव अझै कम भएको छैन ।

    images
    images
    images

    होर्मुज जलडमरूमध्यमा जहाज नियन्त्रणमा लिने घटना र समुद्री सुरक्षामाथि उठेका प्रश्नहरूले पनि तेल आपूर्तिको चिन्ता बढाएको छ ।

    तेलको मूल्य बढिरहँदा विश्व शेयर बजारमा मिश्रित प्रभाव देखिएको छ। जापान र हङकङका बजारमा सुधार देखिए पनि युरोपेली बजार भने दबाबमा रहेका छन्।

    विशेषज्ञहरूले कच्चा तेलको मूल्य लामो समयसम्म १०० डलरभन्दा माथि रहे भारतजस्ता आयातमुखी देशमा महँगी र व्यापार घाटाको दबाब थप बढ्न सक्ने बताएका छन्।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कच्चा तेल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।