Logo

२०८३, आश्विन ९गते


images
images

अन्तर्राष्ट्रिय

ट्रम्पको चेतावनीपछि बढ्यो कच्चा तेलको मूल्य

ट्रम्पको चेतावनीपछि बढ्यो कच्चा तेलको मूल्य

images
  • ट्रम्पको चेतावनीपछि बढ्यो कच्चा तेलको मूल्य
    images
    images

    काठमाडौँ । अन्तर्राष्ट्रिय तेल बजारमा सोमबार कच्चा तेलको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लिएर दिएको कडा चेतावनीपछि बजारमा अनिश्चितता बढ्दा तेलको मूल्य उकालो लागेको हो ।

    images
    images
    images

    ट्रम्पले इरानसँग शान्ति सम्झौताको लागि समय सीमित रहेको संकेत गर्दै समय तीव्र गतिमा सकिँदै गएको बताएका थिए । त्यसपछि सोमबार ब्रेन्ट क्रुड तेल प्रति ब्यारेल ११०.७२ अमेरिकी डलरसम्म पुगेको थियो । त्यस्तै अमेरिकी बेन्चमार्क वेस्ट टेक्सास इन्टरमिडिएट क्रुड तेल प्रति ब्यारेल १०७.२८ डलरमा कारोबार भएको देखिएको छ ।

    images
    images
    images

    विश्लेषकहरूका अनुसार ब्रेन्ट क्रुडको मूल्य अमेरिका-इजरायल र इरानबीच तनाव सुरु हुनुअघिको तुलनामा ५० प्रतिशतभन्दा बढीले बढिसकेको छ ।

    images
    images
    images

    विशेषज्ञहरूले ट्रम्पको भनाइपछि पश्चिम एसियामा तनाव अझ बढ्न सक्ने आशंका बलियो बनेको बताएका छन्। यसले विश्वव्यापी तेल आपूर्तिमा जोखिम थपिएको उनीहरूको मूल्याङ्कन छ ।

    दीर्घ समयसम्म तेलको मूल्य प्रति ब्यारेल १०० डलरभन्दा माथि रह्यो भने विश्वव्यापी महँगी, ढुवानी लागत र आर्थिक वृद्धि सबैमा नकारात्मक असर पर्न सक्ने चेतावनी पनि विश्लेषकहरूले दिएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ट्रम्प
  • # कच्चा तेल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।