सुनवल । राष्ट्रिय प्रजातन्त्र पार्टी सुनवल-८ को वडा सम्पर्क कार्यालय उद्घाटन भएको छ । पार्टीको वडा समितिका अध्यक्षको सभाअध्यक्षतामा र केन्द्रिय उपाध्यक्ष ध्रुव बहादुर प्रधानको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । आईतवार सुनवल ८ स्थित मिलनचोकमा उक्त कार्यक्रम सम्पन्न भएको हो । 
कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष प्रधानले राप्रपाले यो देश र जनताको रक्षा गरि देश बेच्न खोज्ने दलालहरुलाई सधै खबरदारी गर्ने बताए । "नेपालका सम्पुर्ण पार्टीहरु र देशका नेतृत्वहरुले देशलाई अन्योलमा पारिरहेका छन् ,देशलाई चरम अस्थिरता तर्फ धकेल्दैछन । उनले भने, " अब राष्ट्रिय प्रजातन्त्र पार्टीले यो अस्थिरता र अन्योलता कायम रहन दिदैन अब हामी यो देशलाई एउटा राम्रो बिकास तर्फ दोहोर्याउछौ ।" प्रधानले कम्युनिस्ट र काङ्ग्रेसलाई आरोप लगाउदै भने, "कम्युनिस्ट र काङ्ग्रेस त देश बेच्न मात्र तत्पर रहेका छन् । उनीहरु व्यक्तिगत स्वार्थका निमित्त देश बेच्न र टुक्राटुक्रा पार्न पछि पर्दैनन । " उनले थपे, "अब एकपटक यो देशको बिकासको लागि राप्रपालाई जिताउनुहोस, परिवर्तन हामी ल्याउछौ ।"
उक्त कार्यक्रमबिच पार्टीमा सिङ्गो टाेलसहित पचासबढी नेता कार्यकर्ता प्रवेश गरेको पार्टीले जनाएको छ । पार्टीप्रति आस्था र पार्टीको कार्यदिशालाई आमजनताले रुचाउन लागेको पार्टीले बताएको छ । पार्टीमा नवआगन्तुक नेता कार्यकर्तालाई कार्यक्रमका प्रमुख अतिथी प्रधानले पार्टीमा स्वागत गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology