Logo

२०८३, श्रावण ३०गते


images
images

महावीर पुनले गरे अध्यादेशको समर्थन, के भने ?

महावीर पुनले गरे अध्यादेशको समर्थन, के भने ?

images
  • महावीर पुनले गरे अध्यादेशको समर्थन, के भने ?
    images
    images

    काठमाडौँ । सांसद महावीर पुनले सरकारले ल्याएको अध्यादेशको समर्थन गरेका छन् ।

    images
    images
    images

    विहिबार सामाजिक सञ्जालमा लेख्दै सांसद पुनले सरकारले आवश्यक परे अध्यादेश ल्याएरै भए पनि जनताका हितका काम अघि बढाउनुपर्ने बताएका हुन् ।

    images
    images
    images

    उनले विगतदेखि नै जनताका लागि उपयोगी काम गर्न खोज्दा ऐन कानुनको अभाव देखाउँदै मन्त्रालयले रोक्ने गरेको भन्दै आफूले लामो समयदेखि यस्ता अवरोध झेल्दै आएको भुक्तभोगी रहेको उल्लेख गरेका छन् । उनले भनेका छन्- 'सरकारले अध्यादेश ल्याएरै भए पनि काम गर्ने पर्छ ! कुविद्वानहरुले किचकिच नगरौं मैले धेरै बर्ष अगाडी देखि जनताहरुलाई फाईदा हुने कामहरु गर्न खोज्दा मन्त्रालयले ऐन कानुन छैन भनेर अल्भयाउँदा धेरै दुख पाएको भुक्तभोगी म हुँ ।'

    images
    images
    images

    पुनले जेनजी आन्दोलनपछिको समयमा शिक्षा मन्त्री हुँदा आफूले अघि बढाउन खोजेका धेरै काम कर्मचारीले ऐन कानुनकै आधारमा रोकेको उल्लेख गर्दै आफूले प्रस्ताव गरेका तीनवटा अध्यादेशसमेत धेरै प्रयास गर्दा पनि अघि बढ्न नदिएको गुनासो गरेका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # महावीर पुन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।