Logo

२०८३, श्रावण ३०गते


images
images

समाचार

परराष्ट्रमन्त्री खनालसँग पोर्चुगलकी उपविदेशमन्त्री डा. जाभियरको भेटवार्ता

परराष्ट्रमन्त्री खनालसँग पोर्चुगलकी उपविदेशमन्त्री डा. जाभियरको भेटवार्ता

images
  • परराष्ट्रमन्त्री खनालसँग पोर्चुगलकी उपविदेशमन्त्री डा. जाभियरको भेटवार्ता
    images
    images

    काठमाडौँ । तीन दिने नेपाल भ्रमणमा रहेकी पोर्चुगलकी उपविदेश मन्त्री डा. आना इसाबेल जाभियरले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेकी छन् ।

    images
    images
    images

    भेटका क्रममा मन्त्री खनालले सन् अप्रिल १ मा आफ्ना पोर्चुगल समकक्षीसँग भएको टेलिफोन संवाद सम्झँदै काठमाडौँमा कूटनीतिक नियोग स्थापना गर्ने पोर्चुगल सरकारको निर्णयलाई स्वागत गरेका थिए । 

    images
    images
    images

    मन्त्रलायका अनुसार उनले उक्त नियोग स्थापना प्रक्रियामा नेपाल सरकारको पूर्ण सहयोग रहने विश्वास दिलाए । साथै, नेपाली नागरिकसँग सम्बन्धित कन्सुलर समस्याको समाधानमा पोर्चुगल सरकारले देखाएको सकारात्मक पहलप्रति कृतज्ञता व्यक्त गरेका थिए ।

    images
    images
    images

    उपविदेश मन्त्री जाभियरले मन्त्री खनाललाई परराष्ट्र मन्त्री नियुक्त भएकोमा बधाई दिँदै सफल कार्यकालको कामना गरेकी थिइन् ।

    यसअघि आजै परराष्ट्र सचिव अमृत बहादुर राई र उपविदेश मन्त्री जाभियरबीच मन्त्रालयमा द्विपक्षीय बैठक सम्पन्न भएको थियो । बैठकमा नेपाल–पोर्चुगल सम्बन्धका विभिन्न पक्षबारे समीक्षा गर्दै सन् २०२६ फेब्रुअरीमा लिस्बनमा सम्पन्न द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठकपछि सम्बन्धमा आएको गतिप्रति सन्तुष्टि व्यक्त गरिएको थियो ।

    दुवै भेटवार्तामा पर्यटन, लगानी, व्यापार तथा श्रम, डिजिटल प्रविधि लगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने र नयाँ सम्भावना खोज्ने विषयमा सहमति जनाइएको छ ।

    उपविदेश मन्त्री जाभियर र उन को प्रतिनिधिमण्डलको सम्मानमा परराष्ट्र सचिव राईले आजै दिवाभोजको आयोजना गरेका थिए । उपविदेश मन्त्री जाभियर मे १ मा काठमाडौँबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # परराष्ट्रमन्त्री
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।