Logo

२०८३, श्रावण ३०गते


images
images

कलिवुड

चलचित्र ‘तिमी मेरो म तिम्रो’ निर्माणको घोषणा

चलचित्र ‘तिमी मेरो म तिम्रो’ निर्माणको घोषणा

images
  • चलचित्र ‘तिमी मेरो म तिम्रो’ निर्माणको घोषणा
    images
    images

    काठमाडौं । निर्देशक घनश्याम लामिछानेले नयाँ चलचित्र निर्देशनको घोषणा गरेका छन् । सन्तोष अधिकारी फिल्म्सको ब्यानरमा निर्माण हुने चलचित्र ‘तिमी मेरो म तिम्रो’लाई लामिछानेले निर्देशन गर्न लागेका हुन् ।

    images
    images
    images

    राजधानीमा शुक्रबार कार्यक्रम गर्दै चलचित्र ‘तिमी मेरो म तिम्रो’ निर्माणको घोषणा गरिएको हो । चलचित्र प्रेम कथामा आधारित हुने निर्देशक लामिछानेले जानकारी दिए । नेपाली चलचित्र उद्योगमा प्रेमकथामा आधारित चलचित्रको संख्या न्यून रहेका बेला धेरै दर्शकले रुचाउने चलचित्र निर्माण गर्न लागिएको उनले बताए ।

    images
    images
    images

    चलचित्रको मुख्य भूमिकामा भुवन केसी, अर्जुनजंग शाही, जितु नेपाल, सन्तोष अधिकारी, रियान गिरी, नब नायिका प्रतिमा थापालगायत कलाकारको मुख्य भूमिका रहेको छ भने म्युजिक युग भुसालको छ । आस्प इन्टरटेनमेन्ट अस्ट्रेलियाको निर्माण रहने चलचित्रको को-प्रोडुसरमा राज श्रेष्ठ र आशिस थापा मगर रहेका छन् ।

    images
    images
    images

    एक्जुकेटिभ प्रोडुसरमा सन्तोष अधिकारी छन् । लाइन प्रोडुसरमा तेजविक्रम केसी रहेका छन् । नरेन्द्र मैनालीको डीओपी रहने सिनेमा मनीष गौतमले लेखेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।