Logo

२०८३, श्रावण ३०गते


images
images

समाचार

एसइई नतिजाको अन्तिम तयारी हुदै, बैशाख २९ गते भित्र सार्बजनिक हुने

एसइई नतिजाको अन्तिम तयारी हुदै, बैशाख २९ गते भित्र सार्बजनिक हुने

images
  • एसइई नतिजाको अन्तिम तयारी हुदै, बैशाख २९ गते भित्र सार्बजनिक हुने
    images
    images

    काठमाडौँ । यस बर्षको एसइईको नतिजा बैशाख २९ गते भित्र सार्बजनिक गर्ने तयारी गरेको छ ।

    images
    images
    images

    गत चैत्र १९ देखि २९ सम्म भएको यस बर्षको एसइई परीक्षाको नतिजा एक महिना भित्र प्रकाशित गर्न सरकारले दिएको निर्देशन अनुसार अहिले अन्तिम चरणको काम भइरहेको परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिएका छन् ।

    images
    images
    images

    उनले हाल ३०-३५ कर्मचारीबाट टेबुलेसनको काम भइरहेको जानकारी दिदै सरकारले दिएको डेडलाइन बैशाख २९ भित्रनै नतिजा प्रकाशित हुने बताएका छन् ।

    images
    images
    images

    यस बर्षको एसइईमा सहभागी हुने विद्यार्थीको संख्या ५ लाख १२ हजार ४२१ रहेको थियो । यो वर्ष पहिलो पटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण गरिएको थियो । 

    हरेक दिन परीक्षा सकिनासाथ उत्तरपुस्तिका परीक्षण गरिएको र प्रत्येक तेस्रो दिनमा अंक जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइमा उपलब्ध गराइने गरि व्यवस्थापन गरिएको थियो । त्यस्तै परीक्षा सकिएको चौथो दिनमा विद्यार्थीले प्राप्त गरेको अंक परीक्षा नियन्त्रण कार्यालयमा आइपुग्ने गरी व्यवस्था मिलाइएको थियो ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एसइई
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।