Logo

२०८३, आश्विन ९गते


images
images

बराबरीमा रोकिए लिभरपुल र चेल्सी

बराबरीमा रोकिए लिभरपुल र चेल्सी

images
  • बराबरीमा रोकिए लिभरपुल र चेल्सी
    images
    images

    काठमाडौँ । इङलिश प्रिमियर लिगअन्तर्गत लिभरपुल र चेल्सी बराबरीमा रोकिएका छन् । शनिबार राति सम्पन्न खेलमा लिभरपुल र चेल्सी १-१ गोलको बराबरीमा रोकिएका हुन् ।

    images
    images
    images

    खेलको छैटौं मिनेटमा रयान ग्राभेन बर्चको गोलमा अग्रता लिएको लिभरपुलले खेलको ३५औं मिनेटमा अग्रता गुमाएको थियो । खेलको ३५औं मिनेटमा चेल्सीका लागि इन्जो फर्नानडेजले गोल गर्दै खेल बराबरी गरेका थिए ।

    images
    images
    images

    यो बराबरीपछि चेल्सीको अर्को सिजनमा च्याम्पियन्स लिगको सम्भावना सकिएको छ । चेल्सी हाल ३६ खेलमा ४९ अंकसहित नवौं स्थानमा रहेको छ । त्यस्तै लिभरपुलको भने ३६ खेलमा ५९ अंक रहेको छ र चौथो स्थानमा रहेको छ ।

    images
    images
    images

    त्यस्तै गएराती नै सम्पन्न खेलमा म्यानचेस्टर युनाईटेड र सन्डरल्याण्ड गोलरहित बराबरीमा रोकिएका छन् । यो बराबरीपछि म्यानचेस्टर युनाइटेडको ३६ खेलमा ६५ अंक भएको छ र तेस्रो स्थानमा रहेको छ । त्यस्तै सन्डरल्याण्डको भने ३६ खेलमा ४८ अंक रहेको छ र लिगमा १२औं स्थानमा छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इङलिश प्रिमियर लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।