काठमाडौँ । प्रतिनिधि सभाको बैठक दोस्रो पटक १५ मिनेटका लागि स्थगित भएको छ ।
प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित हुनुपर्ने माग गर्दै विपक्षी दलहरुले संसद अवरोध गरेपछि सभामुख डिपी अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।
सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल शुरु गर्ने प्रस्ताव अर्थमन्त्री डा. अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा टेबल गरेपछि विपक्षी दलहरुले छलफलमा प्रधानमन्त्री उपस्थित हुनुपर्ने अडान राख्दै बैठक अवरोध गरेका थिए ।
विपक्षी दलहरुले नीति तथा कार्यक्रमको छलफलमा प्रधानमन्त्री संसदमा उपस्थित हुनुपर्ने माग गर्दै अवरोध जारी राखेपछि सभामुख डिपी अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology