Logo

२०८३, आश्विन १७गते


images
images

प्रतिनिधि सभा

रास्वपा सचेतक धितालको ध्यानाकर्षण- सुकुम्वासीका पीडा र बाढीमा बेपत्ता बालबालिकाको खोजी ओझेलमा पर्यो

रास्वपा सचेतक धितालको ध्यानाकर्षण- सुकुम्वासीका पीडा र बाढीमा बेपत्ता बालबालिकाको खोजी ओझेलमा पर्यो

images
  • रास्वपा सचेतक धितालको ध्यानाकर्षण- सुकुम्वासीका पीडा र बाढीमा बेपत्ता बालबालिकाको खोजी ओझेलमा पर्यो
    images
    images

    काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले सुकुम्वासीका पीडा र बाढीमा बेपत्ता भएका बालबालिकाको खोजी गर्ने कार्य ओझेलमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । 

    images
    images
    images

    शुक्रबार, प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद धितालले एउटा घटनाको पीडा सेलाउन नपाउँदै अर्को घटना प्राथमिकतामा पर्ने प्रवृत्तिले न्यायको खोजी ओझेलमा परेको भन्दै सुकुम्वासीका पीडा र बाढीमा बेपत्ता भएका बालबालिकाको खोजी गर्ने कार्य ओझेलमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी हुन् । 

    images
    images
    images

    उनले भनिन्- 'देशमा एउटा दु:ख आउँछ, केही दिन हामी चासो दिन्छौँ । तर अर्को घटना सार्वजनिक हुनासाथ अघिल्लो पीडा बिस्तारै ओझेलमा पर्छ । हामीलाई एक प्रकारले दु:खको लत लागेको छ । जेनजी आन्दोलन, मधेशको साम्प्रदायिक दङ्गा, गणेशको आत्मदाह, गरिमाको बलात्कारपछिको हत्या र रसुवाको बाढीजस्ता घटनाको भीडमा सुकुम्वासीका पीडा र बाढीमा बेपत्ता भएका बालबालिकाको खोजी गर्ने कार्य ओझेलमा परेका छन् ।’

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।