Logo

२०८३, श्रावण ३०गते


images
images

सामाजिक सञ्जालमार्फत महिलालाई धम्की दिदै ब्ल्याकमेल गर्ने व्यक्ति पक्राउ

सामाजिक सञ्जालमार्फत महिलालाई धम्की दिदै ब्ल्याकमेल गर्ने व्यक्ति पक्राउ

images
  • सामाजिक सञ्जालमार्फत महिलालाई धम्की दिदै ब्ल्याकमेल गर्ने व्यक्ति पक्राउ
    images
    images

    काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत महिलालाई धम्की दिई ब्ल्याकमेल गर्दै आर्थिक लाभ लिने एक व्यक्तिलाई पक्राउ गरेको छ ।

    images
    images
    images

    ब्यूरोका अनुसार टिकटक लगायतका सामाजिक सञ्जालमा पीडित महिलाको तस्बिर प्रयोग गरी धम्की दिने, व्यक्तिगत फोटो तथा भिडियो सार्वजनिक गरिदिने चेतावनी दिँदै पैसा असुल्ने गरेको उजुरी परेको थियो । सोही उजुरीका आधारमा प्राविधिक अनुसन्धान र विश्लेषणपछि आरोपीको पहिचान गरिएको हो ।

    images
    images
    images

    पक्राउ पर्ने व्यक्ति काभ्रेपलान्चोक जिल्ला, रोशी गाउँपालिका-११ स्थायी ठेगाना भएका २३ वर्षीय समिर तामाङ रहेको प्रहरीले जनाएको छ । उनलाई काठमाडौं महानगरपालिका-१३ कलंकी क्षेत्रबाट पक्राउपछि उनलाई काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी विद्युतीय कारोबारसम्बन्धी कसुर र आपराधिक लाभ सम्बन्धी मुद्दामा थप अनुसन्धान अघि बढाइएको साइबर ब्यूरोले जनाएको छ ।

    images
    images
    images

    प्रहरीले सामाजिक सञ्जालमा हुने यस्ता धम्की, ब्ल्याकमेल तथा अवैध आर्थिक असुलीका घटनाप्रति सतर्क रहन पनि सर्वसाधारणलाई आग्रह गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सामाजिक सञ्जाल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।