Logo

२०८३, आश्विन ९गते


images
images

शिक्षा

देवदह इङ्गलिस बोर्डिङ हाई स्कुलमा बाल तथा साहित्य क्लब गठन

देवदह इङ्गलिस बोर्डिङ हाई स्कुलमा बाल तथा साहित्य क्लब गठन

images
  • देवदह इङ्गलिस बोर्डिङ हाई स्कुलमा बाल तथा साहित्य क्लब गठन
    images
    images

    देवदह । देवदह इङ्गलिस बोर्डिङ हाई स्कुलमा सुनौलो बाल क्लब र देवदह साहित्य क्लब गठन गरिएको छ । शैक्षिक सत्र २०८३ का लागि आज विभिन्न क्रियाकलापहरू सञ्चालन गर्ने गरी क्लबहरू गठन गरिएको विद्यालयका संयोजक सोनिया खनालले जानकारी दिइन् । क्लवमा कक्षा ४ देखि कक्षा ९ सम्मका विद्यार्थीहरूको सहभागिता रहेको खनालले बताइन् । 

    images
    images
    images

    गठन पश्चात क्लबका पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै विद्यालयका प्राचार्य मनोज कुमार गैरेले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा क्लबहरुबाट सुरु हुने नेतृत्वले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताए । 

    images
    images
    images

    नवगठित १९ सदस्सिय सुनौलो बालको अध्यक्षमा आयुष उपाध्याय, उपाध्यक्षमा प्रतिमा ज्ञवाली, सचिवमा उज्जवल थापा, सहसचिवमा उज्ज्वल काफ्ले र कोषाध्यक्षमा अर्पण कुँवर रहेका छन् । त्यसैगरी सदस्यहरुमा गुराँस केसी, यसराज अधिकारी, सत्यम अर्याल, जीवन पाण्डे,  रितिशाह जिसी लगाएत रहेका छन् ।

    images
    images
    images

    यसैगरी लक्ष्मी तिवारीको अध्यक्षतामा गठित देवदह साहित्य क्लबको उपाध्यक्षमा शिशिर काफ्ले, सचिवमा शुभम पाण्डे, सह सचिवमा निशिका न्यौपाने र कोषाध्यक्षमा प्रतिषा बोहरा रहेका छन् । यसैगरी सदस्यहरुमा अश्री तिमिल्सिना, विपिन पाण्डे, प्रतिक शर्मा, सदस्य रचना थापा, अनुप परियार, स्वस्ति भुसाल लगाएत रहेका छन् । 

    साथै विद्यालयमा नियमित गठन हुने रातो, निलो, हरियो, पहेँलो सदनहरू समेत विभाजन गर्ने काम सम्पन्न भएको जनाइएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।