Logo

२०८३, कार्तिक २८गते


images
images

कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ

कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ

images
  • कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ
    images

    काठमाडौँ । काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) हरूमा प्रहरीले कारबाही गरेको छ।

    images
    images
    images

    कार्यालयमा प्राप्त उजुरी, गुनासो र निवेदनका आधारमा यस्ता केन्द्रहरूले उच्च शिक्षाका लागि विदेश पठाइदिने भन्दै नेपाली नागरिकहरूबाट ठगी गरेको पाइएको  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।

    images
    images
    images

    अनुसन्धानका क्रममा ती परामर्श केन्द्रहरूले शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९ तथा शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण निर्देशिका २०७३ मा तोकिएका मापदण्ड र प्रक्रिया पूरा नगरेको पाइएको छ । साथै, दर्ता तथा नवीकरण नगरी र इजाजतबिनै शैक्षिक परामर्श सेवा, पूर्वतयारी कक्षा तथा भाषा शिक्षण सेवा सञ्चालन गर्दै आएको पनि खुलेको छ ।

    images
    images

    यही आधारमा शुक्रबार गरिएको कारबाही क्रममा उपत्यकाभरका ९५ वटा शैक्षिक परामर्श केन्द्रमा प्रहरी टोली परिचालन गरिएको थियो । सो क्रममा ६९ जना सञ्चालकहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको कार्यालयले जनाएको छ ।

    कार्यालयले यस्ता शैक्षिक परामर्श केन्द्रहरूबाट ठगीमा परेका नेपाली नागरिकहरूलाई तत्काल सम्पर्कमा आउन आग्रह गर्दै सूचना जारी गरेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रहरी छापा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।