Logo

२०८३, आश्विन ११गते


images
images

प्रधानमन्त्री कार्यालयको नाम दुरूपयोग गर्दै वडा सचिवलाई धम्काउने प्रकाश खड्का पक्राउ

प्रधानमन्त्री कार्यालयको नाम दुरूपयोग गर्दै वडा सचिवलाई धम्काउने प्रकाश खड्का पक्राउ

images
  • प्रधानमन्त्री कार्यालयको नाम दुरूपयोग गर्दै वडा सचिवलाई धम्काउने प्रकाश खड्का पक्राउ
    images
    images

    काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरूपयोग गर्दै कर्मचारीलाई धम्क्याउने, भय र त्रास सिर्जना गर्ने तथा अमर्यादित शब्द प्रयोग गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    images
    images
    images

    सुर्खेत, वीरेन्द्रनगर नगरपालिका–६ वीरेन्द्रचोक टोल घर भई हाल काठमाडौंको शंखमुल बस्दै आएका २२ वर्षीय प्रकाश खड्कालाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

    images
    images
    images

    प्रहरीका अनुसार खड्कामाथि प्रधानमन्त्री कार्यालयको नाम प्रयोग गरी विभिन्न व्यक्तिलाई धम्की दिने तथा त्रास सिर्जना गर्ने गतिविधिमा संलग्न रहेको आरोप छ । खड्काले दैलेख दुल्लु नगरपालिका-१३ का वडा सचिव कमल भण्डारीलाई धम्क्याएको अडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

    images
    images
    images

    यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आफ्नो नाम दुरुपयोग गरेर धम्की दिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो । कार्यालयले घटनामा संलग्न व्यक्तिविरुद्ध कानुनी कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिएको छ ।

    दैलेखको दुल्लु नगरपालिका–१२ का वडा सचिव कमल भण्डारीलाई प्रकाश खड्काले फोनमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम प्रयोग गरी अभद्र भाषा र धम्की दिएको अडियो सार्वजनिक भएको थियो ।

    प्रधानमन्त्री कार्यालयले कानुन र स्थापित प्रशासनिक प्रक्रियाअनुसार जिम्मेवारी निर्वाह गरिरहेका राष्ट्रसेवक कर्मचारीलाई भय र त्रास सिर्जना गर्ने, अपमानजनक शब्द प्रयोग गर्ने तथा धम्क्याउने गतिविधिलाई निन्दनीय र असह्य भनेको थियो ।

    कार्यालयले सुशासन, विधिको शासन तथा राष्ट्रसेवक कर्मचारीको व्यावसायिक सुरक्षा र उच्च मनोबल कायम गर्न सरकार प्रतिबद्ध रहेको जनाएको छ । साथै प्रधानमन्त्री, सचिवालय वा प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन, भेटघाट वा अन्य माध्यमबाट धम्की दिने, प्रभाव पार्ने वा अनुचित दबाब सिर्जना गर्ने कार्य नगर्न सबैलाई आग्रह गरिएको छ ।

    प्रधानमन्त्री कार्यालयले सरकारी निकाय, स्थानीय तह तथा राष्ट्रसेवक कर्मचारीलाई प्रधानमन्त्री कार्यालय वा सचिवालयको नाम जोडेर आउने कुनै पनि शंकास्पद फोन, सन्देश वा संवादलाई आधिकारिक माध्यमबाट प्रमाणीकरण गरेर मात्रै कामकारबाही अघि बढाउनसमेत आग्रह गरेको थियो ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।