Logo

२०८३, श्रावण ३०गते


images
images

दक्षिण कोरियाको फुटबल विश्वकप खेल्ने टिमको घोषणा, को को परे ?

दक्षिण कोरियाको फुटबल विश्वकप खेल्ने टिमको घोषणा, को को परे ?

images
  • दक्षिण कोरियाको फुटबल विश्वकप खेल्ने टिमको घोषणा, को को परे ?
    images
    images

    काठमाडौँ । दक्षिण कोरियाले फिफा विश्वकप फुटबलका लागि आफ्नो टोली घोषणा गरेको छ । टोलीको कप्तान तथा पूर्व टोटनह्याम हटस्पर फरवार्ड सन ह्युङ मिन लगातार चौथोपटक विश्वकप टोलीमा परेका छन् ।

    images
    images
    images

    ३३ वर्षीय सनले गत वर्ष टोटनह्याम छाडेका थिए र हाल अमेरिकी मेजर लिग सकर क्लब लस एन्जलस फुटबल क्लबबाट खेलिरहेका छन् । प्रशिक्षक हङ म्युङ बोले घोषणा गरेको टोलीमा अनुभवी खेलाडीहरूको बाहुल्यता रहेको छ । टोलीमा वुल्भ्सका फरवार्ड ह्वाङ ही चान, स्टोक सिटीका बे जुन हो, बर्मिङ्घमका पैक सुङ हो, सेल्टिकका याङ ह्युन जुन तथा स्वान्सीका इओम जी सुङ पनि समावेश छन्।

    images
    images
    images

    यस्तै पिएसजीका ली काङ इन, बायर्न म्युनिखका रक्षक किम मिन जे र बोरुसिया मोनचेनग्लाडबाखका जेन्स कास्ट्रोपलाई पनि टोलीमा स्थान दिइएको छ । जर्मन पिता र कोरियन आमाबाट जन्मिएका कास्ट्रोप दक्षिण कोरियाको विश्वकप टोलीमा पर्ने दोहोरो नागरिकता भएका पहिलो खेलाडी बनेका छन् । उनले यसअघि जर्मनीको उमेर समूह टोलीबाट खेलेका थिए । तर गत वर्षबाट दक्षिण कोरियाबाट खेल्न थालेपछि उनले पाँच अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् ।

    images
    images
    images

    दक्षिण कोरियाले जुन १२ मा चेक गणतन्त्रविरुद्ध खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ । त्यसपछि जुन १९ मा सह आयोजक मेक्सिकोसँग प्रतिस्पर्धा गर्नेछ । यी दुवै खेल ग्वाडालाजारामा हुनेछन् । समूह चरणको अन्तिम खेल दक्षिण अफ्रिकाविरुद्ध जुन २५ मा मोन्टेरेमा हुनेछ ।

    दक्षिण कोरियाको विश्वकप टोली

    गोलरक्षक:

    जो ह्योन उ, किम सुङ ग्यु, सङ बुम क्युन

    डिफेन्डर: 

    किम मुन ह्वान, किम मिन जे, किम ते ह्योन, पार्क जिन सोब, सोल योङ उ, जेन्स कास्ट्रोप, ली कि ह्युक, ली ते सोक, ली हान बोम, चो यु मिन

    मिडफिल्डर:

    किम जिन ग्यु, बे जुन हो, पैक सुङ हो, याङ ह्युन जुन, इओम जी सुङ, ली काङ इन, ली दोङ ग्युङ, ली जे सुङ, ह्वाङ इन बोम, ह्वाङ ही चान

    फरवार्ड:

    सन ह्युङ मिन, ओ ह्योन ग्यु, चो ग्यु सुङ

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # फिफा विश्वकप फुटबल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।