Logo

२०८३, कार्तिक २८गते


images
images

समाचार

उपन्यास ‘ताइवान ट्राभलोग’ ले प्रतिष्ठित अन्तर्राष्ट्रिय बुकर पुरस्कार जित्यो

उपन्यास ‘ताइवान ट्राभलोग’ ले प्रतिष्ठित अन्तर्राष्ट्रिय बुकर पुरस्कार जित्यो

images
  • उपन्यास ‘ताइवान ट्राभलोग’ ले प्रतिष्ठित अन्तर्राष्ट्रिय बुकर पुरस्कार जित्यो
    images

    काठमाडौं । ताइवानी भोजन संस्कृति र निषेधित प्रेमकथामा आधारित उपन्यास ‘ताइवान ट्राभलोग’ ले प्रतिष्ठित अन्तर्राष्ट्रिय बुकर पुरस्कार जितेको छ।

    images
    images
    images

    मन्दारिन चिनियाँ भाषाबाट अनुवाद गरिएको कृतिले पहिलोपटक यो सम्मान प्राप्त गरेको हो । यो उपन्यास ताइवानी लेखिका याङ शुआङ जी र ताइवानी-अमेरिकी अनुवादक लिन किङको संयुक्त कृति हो ।

    images
    images
    images

    उपन्यासको कथा सन् १९३० दशकको ताइवानमा आधारित छ, जतिबेला ताइवान जापानी शासनअन्तर्गत थियो। कथामा दुई महिलाले ताइवानका विभिन्न परिकारको यात्रामार्फत संस्कृति र सम्बन्धको अनुभव गर्ने विषय समेटिएको छ ।

    images
    images

    पुस्तकलाई पुरानो यात्रा संस्मरणको अनुवादजस्तो शैलीमा प्रस्तुत गरिएको छ, जसमा काल्पनिक टिप्पणीसमेत समावेश छन्। सन् २०२० मा पुस्तक प्रकाशित हुँदा धेरै पाठकले यसलाई वास्तविक ऐतिहासिक दस्तावेज नै ठानेका थिए ।

    निर्णायक मण्डलकी अध्यक्ष नताशा ब्राउनले यसलाई 'अत्यन्त आकर्षक, बौद्धिक र परिष्कृत उपन्यास' भनेर वर्णन गरेकी छन् ।

    कथाकी मुख्य पात्र काल्पनिक जापानी लेखिका आओयामा चिजुको हुन्, जो सरकारी सहयोगमा ताइवान भ्रमणमा जान्छिन्। त्यहाँ उनको साथमा ताइवानी अनुवादक ओ चिजुरु रहन्छिन् र उनीहरूबीच प्रेम सम्बन्ध विकास हुन्छ।

    उपन्यासले यी दुई पात्रमार्फत प्रेम, संस्कृति, औपनिवेशिक इतिहास र सत्तासम्बन्धी विषयलाई गहिराइमा प्रस्तुत गरेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।