Logo

२०८३, श्रावण ३०गते


images
images

समाचार

पोखरा बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीनलाई निस्सा विवरण बुझाउन आग्रह

पोखरा बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीनलाई निस्सा विवरण बुझाउन आग्रह

images
  • पोखरा बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीनलाई निस्सा विवरण बुझाउन आग्रह
    images
    images

    पोखरा । पोखरा महानगरपालिकाले पोखरा बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई आफ्नो विवरण अनिवार्य रूपमा पेस गर्न सूचना जारी गरेको छ।

    images
    images
    images

    महानगरपालिकाले यसअघि निस्सा वितरण भएका पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको बसपार्क क्षेत्रको जग्गामा बसोबास गरिरहेका परिवारलाई आवश्यक कागजातसहित विवरण बुझाउन आग्रह गरेको हो।

    images
    images
    images

    सूचनाअनुसार सम्बन्धित व्यक्तिले आफ्नो र परिवारको विवरण तोकिएको ढाँचामा भरी जेठ ८ गतेभित्र वडा नम्बर ९ को कार्यालयमा बुझाउनुपर्नेछ। महानगरपालिकाले सूचना प्रकाशित भएको मितिबाट तीन दिनभित्र विवरण पेस गर्न निर्देशन दिएको छ।

    images
    images
    images

    विवरण पेस गर्दा पोखरा महानगरपालिकाबाट प्राप्त निस्साको प्रतिलिपि, घरमूली तथा परिवारका सदस्यको नागरिकता प्रमाणपत्रको प्रतिलिपि र नाबालकको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ।

    त्यसैगरी घरमूली र परिवारका अन्य सदस्यबीचको नाता प्रमाणित गर्ने कागजात वा घरमूली स्वयंले नाता खुलाएको स्वघोषणा पत्र पनि पेस गर्नुपर्ने महानगरपालिकाले जनाएको छ।

    महानगरपालिकाले तोकिएको समयभित्र आवश्यक विवरण तथा कागजात बुझाउन सम्बन्धित सबैसँग आग्रह गरेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पोखरा बसपार्क
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।