Logo

२०८३, श्रावण ३०गते


images
images

फिफा विश्वकप फुटबल

जर्मनीको विश्वकप फुटबल खेल्ने टिमको घोषणा

जर्मनीको विश्वकप फुटबल खेल्ने टिमको घोषणा

images
  • जर्मनीको विश्वकप फुटबल खेल्ने टिमको घोषणा
    images
    images

    काठमाडौँ । जर्मनीले फिफा विश्वकप फुटबल प्रतियोगिताका लागि आफ्नो टिमको घोषणा गरेको छ । अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा आयोजना हुने विश्वकप सुरु हुन तीन सातामात्र बाँकी रहँदा मुख्य प्रशिक्षक युलियन नागेल्समानले बिहीबार अन्तिम टोली सार्वजनिक गरेका हुन् ।

    images
    images
    images

    घाइते भएका कारण सर्ज ग्नाब्री र मार्क आन्द्रे टर स्टेगन टोलीमा परेका छैनन् । यसअघि टोलीमा पर्ने चर्चा चलेका कोलोनका सइद एल माला पनि अन्तिम सूचीमा अटाउन सकेनन् ।

    images
    images
    images

    बायर्न म्युनिखका अनुभवी गोलरक्षक मानुएल नोयर अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास फिर्ता गर्दै टोलीमा समावेश भएका छन् ।

    images
    images
    images

    जर्मनीको विश्वकप टोलीः

    गोलरक्षकः ओलिभर बाउमान, मानुएल नेउएर, अलेक्जान्डर न्युबेल ।

    डिफेन्डर: जोसुआ किमिच, निको श्लोटरबेक, नाथानिएल ब्राउन, डेभिड राउम, वाल्डेमार एन्टोन, एन्टोनियो रुडिगर, जोनाथन टा, र मलिक थियाउ ।

    मिडफिल्डर: जमाल मुसियाला, जेमी लेवेलिङ, अलेक्जान्डार पाभ्लोभिच, नादिम अमिरी, लियोन गोरेट्स्का, पास्कल ग्रोस, लेनार्ट कार्ल, फेलिक्स नमेचा, लिरोय साने, एन्जेलो स्टिलर र फ्लोरियन भिर्ट्ज ।

    फरवार्ड: काइ हाभर्ट्ज, डेनिज उन्डाभ, म्याक्सिमिलियन बाएर र निक वोल्टेमाडे । 

    जर्मनी विश्वकपमा समुह इ मा कुराकाओ, आइभरी कोष्ट र इक्वेडरसँग रहेको छ । जर्मनीले विश्वकपमा आफ्नो पहिलो खेल जुन १४ मा कुरकाओसँग खेल्ने छ भने दोस्रो खेल जुन २० मा आइभरी कोष्टसँग र तेस्रो खेल इक्वेडरसँग जुन २५ मा खेल्ने तालिका रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।