देवदह । देवदह इंलिश बोर्डिंङ्ग हाइ स्कुलमा अंग्रेजी हस्तलेखन प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार कक्षा १ देखि ३ सम्म कक्षागत तथा कक्षा ४ देखि १० सम्म अन्तरसदनात्मक अंग्रेजी हस्तलेखन प्रतियोगिता सम्पन्न भएको हो ।
कक्षागत अंग्रेजी हस्तलेखन प्रतियोगिताअन्तर्गत कक्षा १ मा दिपिका पंगेनी प्रथम, आहना सुवेदी द्वितीय तथा युनिका भुसाल तृतीय भएका छन् । त्यसैगरी कक्षा २ मा श्रृस्तिका बश्याल प्रथम, सोफिया थापा द्वितीय र डुकुल सिंजाली तृतीय भएका छन् । कक्षा ३ मा मुस्कान न्यौपाने प्रथम, सार्थक उपाध्याय द्वितीय तथा प्रयुष सापकोटा तृतीय स्थान हासिल गर्न सफल भएका छन् ।
जुनियरतर्फको अन्तरसदनात्मक अंग्रेजी हस्तलेखन प्रतियोगितामा रातो सदनका शशिका खनाल प्रथम, रातो सदनकै रितु पुन द्वितीय तथा हरियो सदनका अलिश्मा अधिकारी तृतीय भएका छन् ।
त्यसैगरी सिनियरतर्फको अन्तरसदनात्मक अंग्रेजी हस्तलेखन प्रतियोगितामा रातो सदनकी रोश्नी परियार प्रथम, हरियो सदनकी निशिका न्यौपाने द्वितीय तथा निलो सदनकी सदिक्षा मगर तृतीय स्थान हासिल गर्न सफल भएका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology