Logo

२०८३, आश्विन १०गते


images
images

प्रिमियर लिग

ब्रुनो फर्नान्डेज बने प्रिमियर लिगको यस सिजनको उत्कृष्ट खेलाडी

ब्रुनो फर्नान्डेज बने प्रिमियर लिगको यस सिजनको उत्कृष्ट खेलाडी

images
  • ब्रुनो फर्नान्डेज बने प्रिमियर लिगको यस सिजनको उत्कृष्ट खेलाडी
    images
    images

    काठमाडौँ । म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेज प्रिमियर लिग सिजनकै उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

    images
    images
    images

    प्रिमियर लिगले पोर्चुगाली मिडफिल्डर फर्नान्डेजले एर्लिङ हालान्ड, एन्टोइन सेमेन्यो, गाब्रियल, डेक्लान राइस, डेभिड राया, मोर्गन गिब्स ह्वाइट र इगोर थियागोलाई पछि पार्दै अवार्ड जितेको घोषणा गरेको छ ।

    images
    images
    images

    फर्नान्डेज म्यानचेस्टर युनाइटेडको सिजनको दोस्रो चरणको उत्कृष्ट प्रदर्शनका मुख्य खेलाडी बने । उनले यस सिजन ८ गोल गर्नुका साथै २० गोल असिस्ट गरेका छन् ।

    images
    images
    images

    उनको २० असिस्टसँगै उनले एकै प्रिमियर लिग सिजनमा सर्वाधिक असिस्ट गर्ने कीर्तिमान बराबरी गरेका छन् । यसअघि यो कीर्तिमान थिएरी हेनरी र केभिन डी ब्रुनेको नाममा रहेको थियो ।

    सन् २०१०-११ मा नेमान्जा भिडिचपछि प्रिमियर लिगको उत्कृष्ट खेलाडी बन्ने पहिलो म्यानचेस्टर युनाइटेड खेलाडी पनि फर्नान्डेज बनेका छन् ।

    अब सिजनको अन्तिम खेलमा ब्राइटनविरुद्ध मैदान उत्रँदा उनी सर्वाधिक असिस्टको नयाँ कीर्तिमान बनाउने अवसरमा रहनेछन् ।

    म्यानचेस्टर युनाइटेडले यस सिजनमा तेस्रो स्थानमा रहदै सिजन समाप्त गर्दैछ । यस सिजनको प्रिमियर लिग उपाधि भने आर्सनलले जितेको छ ।



    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ब्रुनो फर्नान्डेज
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।