Logo

२०८३, श्रावण ३०गते


images
images

बुटवलमा एमालेले निर्वाचन लक्षित मिडिया प्रोपोगाण्डा गरेको आरोप

बुटवलमा एमालेले निर्वाचन लक्षित मिडिया प्रोपोगाण्डा गरेको आरोप

images
  • बुटवलमा एमालेले निर्वाचन लक्षित मिडिया प्रोपोगाण्डा गरेको आरोप
    images
    images

    बुटवल । नेपाली कांग्रेस रुपन्देहीका नेताहरूले नेकपा एमालेले मिडिया प्रोपोगाण्डा शुरु गरेको आरोप लगाएका छन् । मंगलबार नेपाली कांग्रेसबाट बुटवल उपमहानगरको प्रमुखका उम्मेदवार खेलराज पाण्डेबारे केही अनलाइनमा समाचार प्रकाशित भएपछि एक विज्ञप्ति जारी गर्दै कांग्रेस नेताजरूले पाण्डेको चुनाबी माहोलबाट अत्तालिएर एमालेले दर्ता नै नभएका मिडिया प्रयोग गरी विगतको चुनाबका भ्रमपूर्ण सूचना फैलाएको बताएका हुन् ।

    images
    images
    images

    'कांग्रेसका इमान्दार र सादगी नेता खेलराज पाण्डे' का विरुद्धमा गत निर्वाचनको विषयलाई लिएर आर्थिक हिनामिना गरेको आरोप लगाईएको भन्दै कांग्रेस नेताहरुले आपत्ति जनाएका छन् ।

    images
    images
    images

    नेपाली कांग्रेस लुम्बिनी प्रदेश कोषाध्यक्ष प्रकाश राना, बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष महेशमान सिंह, कांग्रेसका क्षेत्रीय प्रतिनिधि गोपाल पाण्डे, बुटवल उद्योग वाणिज्य संघका सचिव मुक्ति अधिकारीले विज्ञप्ति निकाल्दै भ्रामक समाचार प्रकाशन गर्ने अनलाइनलाई कारबाही गर्न प्रेस काउन्सिल नेपालसँग माग गरेका छन् ।

    images
    images
    images

    उनीहरुले विज्ञप्ति निकाल्दै भनेका छन्-‘२०७४ सालको स्थानीय निर्वाचनमा बुटवल उपमहानगरपालिकाका उम्मेदवार खेलराज पाण्डेले ४० लाख रुपैयाँ आर्थिक हिनामिना गरेको भन्ने कुरा कपोलकल्पित र भ्रामक भएको र सो विषयमा कुनै पनि विवाद नभएको स्पष्ट पार्दै त्यसबेलाको आर्थिक हिसाबकिताब पारदर्शी रहेको व्यहोरा जानकारी गराउँछौं । यसरी भ्रामक विवरण उल्लेख गरी हामीसँग प्रतिक्रिया नै नलिई गलत समाचार लेख्ने अनलाइनलाई सो विषय पुष्टि गर्न हामी चुनौती दिन्छौं ।’ अरु के छ (www.arukcha.com) भन्ने नामको दर्ता नभएको अनलाईन चलाई भ्रामक समाचार प्रकाशन गरिनुले एमाले चुनाबबाट अत्तालिएको उल्लेख गर्दै उनीहरुले प्रोपोगाण्डा नगर्न आग्रह गरेका छन् ।

    विज्ञप्तिमा भनिएको छ - "अरुकेछ नामको सो अनलाईनमा सम्पादकीय टीमको विवरण उल्लेख नभएको, कुनैपनि निकायमा दर्ता नभएको र सो अनलाईन कसले सञ्चालन गरेको भन्ने विवरण उल्लेख नभएकाले विपक्षीहरु चुनाबी अभियानबाट अत्तालिएर यस्तो प्रोपोगाण्डा गरेको हामीलाई लागेको छ ।"

    हामीहरु समेत संलग्न भएको व्यवसायिक संस्था बुटवल उद्योग वाणिज्य संघलाई समेत जोडेर बदनाम गर्नेगरी यो समाचार आएको छ । इखबर नेपाल नामको अनलाईनले समेत समाचारमार्फत भ्रामक सन्देश प्रवाह गरी चुनाबी प्रोपोगाण्डा मच्याएको छ । चुनाबी प्रोपोगाण्डा मच्याउने यी दुवै अनलाईनलाई तुरुन्त कानुनी कारबाही गर्न प्रेस काउन्सिल नेपाल समक्ष माग गर्दै भ्रामक समाचारको पछि नलाग्न आम जनसमुदायहरुमा हार्दिक अनुरोध गर्दछौं ।’ गलत र भ्रामक समाचार प्रकाशन गर्ने मिडियालाई तत्काल भ्रमपूर्ण समाचार सच्याउन आग्रह गर्दै कानूनी उपचार खोज्ने जनाएका छन् । received_717302156090799.jpeg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बुटवल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।