Logo

२०८३, आश्विन १०गते


images
images

पार्टी कार्यालय बनाउन मीनबहादुर गुरूङले दिएको जग्गा फिर्ता गर्ने एमालेको निर्णय

पार्टी कार्यालय बनाउन मीनबहादुर गुरूङले दिएको जग्गा फिर्ता गर्ने एमालेको निर्णय

images
  • पार्टी कार्यालय बनाउन मीनबहादुर गुरूङले दिएको जग्गा फिर्ता गर्ने एमालेको निर्णय
    images
    images

    काठमाडौँ । नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरूङको जग्गा फिर्ता गर्ने निर्णय गरेको छ। 

    images
    images
    images

    आइतबार सम्पन्न एमालेको सचिवालय बैठकले कलंकीमा १० रोपनी १४ आना जग्गासहित घर बनाइदिने गुरूङ दम्पतीको प्रस्ताव धन्यवादसहित फिर्ता गर्ने र बल्खुमा आफ्नै जग्गामा कार्यालय भवन बनाउने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन् ।

    images
    images
    images

    उनले सर्वोच्च अदालतको पछिल्लो फैसला अनुसार बल्खुमा कार्यालय भवन बनाउन बाधा नरहेको पनि बताए । २०८१ असोजमा व्यवसायी मीनबहादुर गुरूङले एमालेलाई १० रोपनी १४ आना जग्गा दान दिँदै घर बनाइदिने भन्दै शिलान्यास समेत गरिएको थियो । 

    images
    images
    images

    यस प्रकरणमा आमरुपमा एमालेको ठुलो आलोचना समेत भएको थियो भने पार्टी भित्र पनि यसको विरोध भएको थियो।

    २०७२ वैशाखमा भूकम्पले एमाले मुख्यालय भत्काएपछि त्यसयता एमाले भाडाको घरमा बस्दै आएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेकपा (एमाले)
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।