Logo

२०८३, आश्विन १०गते


images
images

असन्तुष्टिको वैधानिक समाधान पनि गणतान्त्रिक व्यवस्थामार्फत मात्रै सम्भव छ: ओली

असन्तुष्टिको वैधानिक समाधान पनि गणतान्त्रिक व्यवस्थामार्फत मात्रै सम्भव छ: ओली

images
  • असन्तुष्टिको वैधानिक समाधान पनि गणतान्त्रिक व्यवस्थामार्फत मात्रै सम्भव छ: ओली
    images
    images

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्टिको वैधानिक समाधान पनि गणतान्त्रिक व्यवस्थामार्फत मात्रै सम्भव हुने बताएका छन् ।

    images
    images
    images

    गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले परिवर्तनको गति अपेक्षाअनुसार तीव्र हुन नसकेको स्वीकार गर्दै त्यसबाट प्रणालीप्रति असन्तुष्टि उत्पन्न हुन सक्ने र त्यस्ता असन्तुष्टिको वैधानिक समाधान पनि गणतान्त्रिक व्यवस्थामार्फत मात्रै सम्भव हुने जिकिर गरेका हुन् ।

    images
    images
    images

    उनले भनेका छन् 'चाहेजति गतिमा परिवर्तन हुन नसक्दा प्रणालीसँगै असन्तुष्टि हुन पनि सक्छ, तर ती असन्तुष्टिको वैधानिक रूपमा सम्बोधन गर्न पनि गणतान्त्रिक प्रणाली नै चाहिन्छ । त्यसैले, यस व्यवस्थाको रक्षा गर्न सकिए मात्र जनताले अवस्था परिवर्तन गर्न पाउँछन्। लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नारा बीचको भिन्नता समाजले तत्काल होइन, जीवन भोगाइको नतिजामा बिस्तारै थाहा पाउने कुरा हो ।' 

    images
    images
    images

    ओलीले गणतन्त्र स्थापना नेपाली जनताको सात दशकभन्दा लामो संघर्ष, बलिदान र त्यागको परिणाम भएको बताएका छन् ।  उनले आजभन्दा ठीक १८ वर्षअघि नेपाली जनताले आफैं निर्वाचित गरेको संविधानसभाबाट गणतन्त्र घोषणा भएको ऐतिहासिक दिन भएको उल्लेख गरेका छन् । उनले बोल्ने, लेख्ने, संगठित हुने तथा राजनीतिक विचार राख्ने अधिकार प्राप्त गर्न हजारौं अग्रजहरूले जीवन बलिदान गरेको र धेरैले जेल, यातना तथा निर्वासन भोग्नुपरेको स्मरण गरेका छन् ।

    ओलीले जनताको ठूलो संघर्षपछि हुकुमबाट चल्ने शासन प्रणाली अन्त्य भएर कानुनबाट चल्ने व्यवस्था स्थापना भएको बताएका छन् । व्यक्तिको इच्छाअनुसार चल्ने शासनको सट्टा लोकतान्त्रिक अङ्ग र संरचनाबाट सञ्चालन हुने पद्धति सुरु भएको उनको भनाइ छ । अध्यक्ष ओलीले गणतान्त्रिक अभ्यास छोटो समयमै भए पनि सामाजिक र भौतिक विकासमा उल्लेखनीय प्रगति भएको दाबी गर्दै गणतन्त्र केवल शासन प्रणाली परिवर्तन मात्र नभई नेपाली समाजको चेतनामा आएको गहिरो रूपान्तरण भएको बताएका छन् ।

    उनका अनुसार शताब्दीयौँसम्म ‘प्रजा’ भएर बाँचेको समाज संविधानमार्फत सार्वभौम नागरिकमा रूपान्तरित भएको उल्लेख गर्दै गाउँगाउँसम्म स्थानीय सरकार पुगेको, राज्यका हरेक तहमा महिला, दलित, जनजाति, मधेशी तथा पिछडिएको समुदायको प्रतिनिधित्व बढेको, अभिव्यक्ति स्वतन्त्रता विस्तार भएको, डिजिटल सेवामा पहुँच बढेको तथा सडक र सञ्चार विस्तार भएका विषयलाई गणतन्त्रका उपलब्धिका रूपमा उल्लेख गरेका छन् ।

    ओलीले जनताको निराशाबाट फाइदा उठाएर लोकतान्त्रिक संस्थामाथि अविश्वास फैलाउने र भावनालाई भड्काएर संरचना कमजोर बनाउने प्रवृत्तिप्रति पनि चेतावनी दिएका छन् । उनले संविधान, संसद्, न्यायपालिका र स्वतन्त्र प्रेसको रक्षा नै अहिले गणतन्त्रको रक्षा भएको बताएका छन् । लोकतान्त्रिक संस्थाहरू कमजोर भए समाज र जनताको भविष्य पनि असुरक्षित हुने उनको भनाइ छ । 

    गणतन्त्र दिवसका अवसरमा अध्यक्ष ओलीले लोकतन्त्र प्राप्तिका लागि भएका संघर्ष सम्झन र लोकतन्त्र कमजोर भए भविष्य कस्तो हुन्छ भन्ने विषयमा गम्भीर चिन्तन गर्न सबैलाई आह्वान गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।