Logo

२०८३, आश्विन १०गते


images
images

एमाले अध्यक्ष आज पोखरा आउने

एमाले अध्यक्ष आज पोखरा आउने

images
  • एमाले अध्यक्ष आज पोखरा आउने
    images
    images

    राजेश पराजुली, पोखरा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली भोलि सोमबार पोखरा आउने भएका छन् । निर्वाचन परिचालन कमिटी कास्कीद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्न अध्यक्ष ओली पोखरा आउने भएका हुन् ।

    images
    images
    images

    एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख दर्शन लामाका अनुसार कार्यक्रम सोमबार बिहान पोखरास्थित पोखरा सभागृह हलमा हुने छ । 

    images
    images
    images

    पूर्वप्रधानमन्त्री ओलीसंगै कास्की निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार एवं जिल्ला अध्यक्ष मनबहादुर गुरुङ, क्षेत्र नं. २ का उम्मेद्वार विद्या भट्टराई र क्षेत्र नं. ३ का दामोदर पौडेल (बैरागी)ले पनि कार्यक्रममा चुनावी मन्तव्य राख्नेछन् ।

    images
    images
    images

    भेलामा कास्की-१ ‘क’ का खगराज अधिकारी, ‘ख’ का बेदबहादुर गुरुङ, कास्की-२ ‘क’ का भीम कार्की, ‘ख’ का मीना गुरुङ, कास्की-३ ‘क’ का गणेशमान गुरुङ, ‘ख’ का राजीव पहारी लगायतका समानुपातिक उम्मेदवार पनि सहभागी हुने बताइन्छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।