देवदह । निरन्तर महिला बचत तथा ऋण सहकारी संस्था देवदह-६, रुपन्देहीले किशोरी तथा महिलाहरूका लागि स्वास्थ्य सम्बन्धी जनचेतनामूलक शिक्षा तालिम गरेको छ ।
स्वास्थ्य सम्बन्धी सचेतना अभिवृद्धि गर्दै महिलाहरूको जीवनस्तर सुधार गर्ने उद्देश्यले तालिम आयोजना गरिएको संस्थाले जनाएको छ ।
सोही अवसरमा बोल्दै वडा नं ६ का अध्यक्ष खेमबहादुर थापाले स्वास्थ्य नै जीवनको आधार भएकाले स्वस्थमा विशेष ध्यान दिन जरुरी रहेको उल्लेख गरे । उनले स्वास्थ्य समाजको महत्वपूर्ण पाटो रहेकाले त्यसतर्फ हेलचेक्राई गर्न नहुने धारणा राखे ।
सहकारीले स्वास्थ्यको संवेदनशिलतालाई ध्यानमा राखेर गरेको कार्यक्रमको प्रशंसा गर्दै उनले वडाबासीसँग सरोकार राख्ने यस्ता कार्यक्रममा सहयोगका लागि वडा कार्यालय तयार रहेको बताए ।
कार्यपालिका सदस्य तथा संस्थाकी सल्लाहकार रुपा कुमारी ढुंगानाले स्वास्थ्य समस्याका कारण कुनै महिलाले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था आउन नहुने धारणा राखिन् ।
संस्थाकी अध्यक्ष शर्मिला पन्थको अध्यक्षता, उपाध्यक्ष अबिता ज्ञवाली गौतमको स्वागत तथा सचिव सोना तिवारीले सञ्चालन गरेको कार्यक्रममा १०५ जना किशोरी तथा महिलाहरुको सहभागिता रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology