Logo

२०८३, आश्विन ९गते


images
images

हरित रोजगारी

पोखराको हरित रोजगारी सिर्जना परियोजनाको अवलोकन गर्न पुगे धनगढीका मेयर हमाल

पोखराको हरित रोजगारी सिर्जना परियोजनाको अवलोकन गर्न पुगे धनगढीका मेयर हमाल

images
  • पोखराको हरित रोजगारी सिर्जना परियोजनाको अवलोकन गर्न पुगे धनगढीका मेयर हमाल
    images
    images

    पोखरा । पोखरामा सञ्चालन भइरहेको हरित रोजगारी सिर्जना परियोजनाको अवलोकन तथा अनुभव आदानप्रदानका लागि धनगढी उपमहानगरपालिकाका प्रमुख गोपी हमाल नेतृत्वको टोली पोखरा पुगेको छ । टोलीले निर्माणाधीन हरित रोजगारी परियोजना, जिभिजेड केन्द्र तथा पुनः प्रयोगमा आधारित उद्यमहरूको अवलोकन गरेको छ ।

    images
    images
    images

    कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको आर्थिक सहयोगमा पोखरा प्रदर्शनी केन्द्र परिसरमा पुनः प्रयोग र पुनः प्रशोधनमार्फत हरित रोजगारी सिर्जना परियोजना निर्माण भइरहेको छ । परियोजनामा कोरियाली सहयोग नियोगबाट ९.८ मिलियन अमेरिकी डलर र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमबाट ०.८७ मिलियन अमेरिकी डलर लगानी हुने भएको छ ।

    images
    images
    images

    पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले परियोजनामार्फत झन्डै १० मिलियन अमेरिकी डलर बराबरको लगानी भित्रिने र तीन हजारभन्दा बढी हरित रोजगारी सिर्जना हुने बताए । उनका अनुसार फोहोरलाई स्रोतका रूपमा प्रयोग गर्दै कोसेली तथा अन्य सामग्री उत्पादन गरी बिक्री गर्ने उद्देश्यले केन्द्र निर्माण भइरहेको छ ।

    images
    images
    images

    नगर प्रमुख आचार्यले परियोजनाले हरित रोजगारी सिर्जनासँगै चक्रीय अर्थतन्त्र निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । महानगर क्षेत्रका १३६ वटा समूहमार्फत पुनः प्रयोग गर्न सकिने सामग्रीबाट विभिन्न उत्पादन तयार गरी समुदायलाई आर्थिक रूपमा सशक्त बनाइने उनले बताए ।

    उनका अनुसार परियोजनाले नकुहिने फोहोरको प्रशोधन गर्ने मात्र नभई त्यसबाट नयाँ वस्तु उत्पादन गर्नेछ। यसलाई ज्ञान, सीप र प्रविधिको आदानप्रदान हुने सिकाइ केन्द्रका रूपमा विकास गरिनेछ भने भविष्यमा पोखराको एक आकर्षक पर्यटन गन्तव्यका रूपमा समेत स्थापित गर्ने लक्ष्य राखिएको छ।

    धनगढी उपमहानगरपालिकाका प्रमुख गोपी हमालले पोखरा महानगरपालिकाले अवलम्बन गरेका असल अभ्यासहरूको अध्ययन र सिकाइका लागि आफूहरू पोखरा आएको बताए । पोखराले पूर्वाधार विकास, सामाजिक तथा मानव स्रोत विकास तथा पर्यटन प्रवर्द्धनका क्षेत्रमा हासिल गरेका उपलब्धि अन्य स्थानीय तहका लागि प्रेरणादायी रहेको उनको भनाइ थियो।

    प्रमुख हमालले सिकाइका दृष्टिले पोखरा विश्वविद्यालयसरह स्थापित भइसकेको उल्लेख गर्दै यहाँका हरेक सफल अभ्यास धनगढीका लागि उपयोगी हुने बताए । हरित रोजगारी सिर्जना परियोजनालाई आफूले नमुना परियोजनाका रूपमा अनुभूति गरेको उनले बताए ।

    टोलीले नयाँबजारस्थित निर्माणाधीन जिभिजेड केन्द्रको समेत अवलोकन गरेको छ। उक्त केन्द्रलाई पुनः प्रयोग र पुनः प्रशोधनसम्बन्धी ज्ञान तथा सीप आदानप्रदानको महत्त्वपूर्ण सिकाइ केन्द्रका रूपमा विकास गरिने योजना रहेको छ।

    नगर प्रमुख आचार्यले करिब तीन हजारभन्दा बढी हरित रोजगारी सिर्जना गर्ने लक्ष्यसहित निर्माण भइरहेको जिभिजेड केन्द्र पोखरामा सञ्चालित महत्त्वपूर्ण परियोजनामध्ये एक रहेको बताए । उनले यसले फोहोरलाई आर्थिक अवसरमा रूपान्तरण गर्दै दिगो विकास र वातावरण संरक्षणमा समेत योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

    यसैबीच विश्व वातावरण दिवसको अवसरमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र धनगढी उपमहानगरपालिकाका प्रमुख गोपी हमालले पोखरा–१५ स्थित एसओएस विद्यालय परिसरमा निर्माण गरिएको पार्कमा संयुक्त रूपमा वृक्षारोपण गरेका छन् । कार्यक्रममा दुवै नगर प्रमुखले वातावरण संरक्षण तथा हरित विकासका लागि स्थानीय तहबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हरित रोजगारी
  • # धनगढी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।