Logo

२०८३, आश्विन १०गते


images
images

हरित रोजगारी सिर्जना परियोजनासम्बन्धी पारस्परिक प्रतिबद्धता पत्रमा हस्ताक्षर

हरित रोजगारी सिर्जना परियोजनासम्बन्धी पारस्परिक प्रतिबद्धता पत्रमा हस्ताक्षर

images
  • हरित रोजगारी सिर्जना परियोजनासम्बन्धी पारस्परिक प्रतिबद्धता पत्रमा हस्ताक्षर
    images
    images

    राजेश  पराजुली, पोखरा पोखरा महानगरपालिका र कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) बीच ‘रिसाइक्लिङ’ र ‘अपसाइक्लिङ’ मार्फत हरित रोजगारी सिर्जना परियोजनासम्बन्धी पारस्परिक प्रतिबद्धता पत्रमा हस्ताक्षर भएको छ । प्रतिबद्धता पत्रमा पोखरा महानगरपालिकाको तर्फबाट प्रमुख धनराज आचार्य र कोइकाको तर्फबाट उपप्रमुख युन यङ लीले हस्ताक्षर गरे ।

    images
    images
    images


    परियोजनामा कोइकाले ९.८ मिलियन अमेरिकी डलर र युएनडीपीले ०.८७ मिलियन अमेरिकी डलर खर्च गर्नेछ । परियोजनाले नकुहिने फोहोर प्रशोधन सहित फोहोरबाट नयाँ चिजहरू उत्पादन गर्नेछ । यसलाई सिकाइ केन्द्रका रूपमा विकास गरिने र पोखरालाई पर्यटन गन्तव्यका रूपमा समेत यो स्थापित हुने विश्वास गरिएको छ ।

    images
    images
    images


    कार्यक्रममा कोइकाका उपप्रमुख युन यङ लीले यो परियोजनाले युवाहरूका लागि रोजगारी सृजनामा महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे । उनले फोहोरमैलाको उचित व्यवस्थापन मार्फत हरित रोजगारी सृजना र चक्रीय अर्थतन्त्रको सृजनशील उपयोग आम समुदायका लागि आवश्यक रहेको बताए ।
    पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फोहोरमैलाको व्यवस्थापन निकै चुनौतीपूर्ण रहेको बताउँदै यसलाई मोहरमा बदल्ने प्रयासस्वरूप हरित रोजगारी सृजनामा जोड्न लागिएको बताए । ‘यो परियोजनाले युवालाई रोजगारीसँग जोड्ने छ भने फोहोरबाट मोहोर आर्जन हुनेछ’, उनले भने ।

    images
    images
    images


    प्रतिबद्धताअनुसार कोइकाले दिगो रिसाइकल र अप-साइकल (आरयू) उद्यमलाई बढावा दिन उपयुक्त माध्यम सिर्जना गर्नेछ, जसले महानगरपालिकाका कर्मचारी, सरकारी सरोकारवाला र आरयू उद्यमहरूको क्षमता निर्माण गरी हरित रोजगारी सिर्जना गर्न सहयोग गर्नेछ । यस्तै ग्रिन भेन्चर जोन (जीभीजेड) स्थापना गर्ने र नयाँ तथा आरयू उद्यमलाई व्यवसाय इन्क्युवेसन सहायता (वित्तीय, प्राविधिक र बजार) प्रदान गर्नेछ । फोहोरमैला सचेतना सम्बन्धी नागरिक व्यवहारमा परिवर्तन ल्याउन यो परियोजनाले महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ ।


    प्रतिबद्धता अनुसार ग्रिन भेन्चर जोन (जीभीजेड) स्थापना गर्न महानगरपालिकाले पोखरा–६ वसुन्धरा पार्कमा ५ हजार ९० वर्ग मिटर क्षेत्रफल उपलब्ध गराउनेछ । हरित अर्थतन्त्रमा योगदान पुर्‍याउने दिगो आरयू उद्यमलाई बढवा दिन उपयुक्त वातावरण सिर्जना गर्न महानगरपालिकाले पर्याप्त र आवश्यक मानव संशाधन विनियोजन गर्नेछ ।  हरित अर्थतन्त्रमा योगदान पुर्‍याउने आरयू उद्यमहरूलाई बढवा दिन दिगो नीतिको सुनिश्चितता सहित महानगरपालिकाले परियोजनाको स्वामित्वमा लिने महानगरले जनाएको छ ।
    पोखरा महानगरपालिका र कोइकाबीचको समझदारीलाई बलियो बनाउने उद्देश्यका साथ प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिएको बताइएको छ ।

    यसअघि कोइका र महानगरपालिकाबीच ३० अगस्ट २०२३ मा परियोजना सम्बन्धी प्रारम्भिक मस्यौदामा हस्ताक्षर भइसकेको थियो । हाल सो परियोजना नेपाल सरकार र गणतन्त्र कोरिया सरकारबीच स्वीकृतिको अन्तिम प्रक्रियामा रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हरित रोजगारी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।