Logo

२०८३, आश्विन १०गते


images
images

स्थानीय तह निर्वाचन : मतगणनाका लागि नवलपरासीमा तारजालीसहित सीसी क्यामेरा जडान

स्थानीय तह निर्वाचन : मतगणनाका लागि नवलपरासीमा तारजालीसहित सीसी क्यामेरा जडान

images
  • स्थानीय तह निर्वाचन : मतगणनाका लागि नवलपरासीमा तारजालीसहित सीसी क्यामेरा जडान
    images
    images

    परासी । स्थानीय तह निर्वाचनको मतगणनाका लागि पश्चिम नवलपरासीमा तारजालीसहित सीसी क्यामेरा जडान गरिएको छ । मतपत्र सुरक्षाका लागि तारजालीसहित क्यामेरा जडान गरिएको हो ।

    images
    images
    images

    सरकारी कर्मचारीबाहेक दलका प्रतिनिधि र उम्मेदवारलाई जाली बाहिर राख्ने र निर्वाचनमा खटिएका कर्मचारीमात्र तारजालीभित्र रहने गरी व्यवस्था मिलाइएको छ । मतदानदेखि मतगणना तयारीका लागि आवश्यक कर्मचारी र भौतिक संरचना निर्णको काम अन्तिम चरणमा पुगेको पाल्हिनन्दन गाउँपालिकाका सहायक निर्वाचन अधिकृत श्रीप्रसाद गौतमले बताए । ‘मतपत्र सम्बन्धित मतदान केन्द्र र स्थलमा पुगिसकेको छ,'गौतमले भने ‘पाल्हिनन्दन गाउँपालिकामा पनि तारजालीसहितको गणनास्थल तयार भएको छ ।'

    images
    images
    images

    जिल्लाको सुनवल, रामग्राम, बर्दघाट नगरपालिका र पाल्हिनन्दन, प्रतापपुर, सुस्ता, सरावल गाउँपालिकामा तारजाली र सीसी क्यामेरा जडान गरिएको छ । निर्वाचनमा खटिएका कर्मचारी मतपत्रको सुरक्षाका लागि तारजालीभित्र रहने छन् भने दलका प्रतिनिधि र अन्य प्रतिनिधि जाली बाहिरका घेरामा बसेर मतगणना हेर्नेछन् ।
    ।
    जिल्लाको सातवटै स्थानीय तहमा मतगणनाको लागि सम्बन्धित गाउँपालिकाको केन्द्रमा नै व्यवस्था मिलाइएको छ ।

    images
    images
    images

    २०७४ सालको स्थानीय निर्वाचनमा भरतपुरमा मतगणनाको क्रममा मतपत्र च्यातेको घटनापछि निर्वाचन आयोगले तारजालीभित्र मतगणना गर्दै आएको छ । जिल्लामा २ सय ८३ मतदान केन्द्र र १ सय २१ मतदान स्थल रहेका छन् ।

    यसका लागि १ हजार ४ सय १३ जना कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय परासीका सहायक निर्वाचन अधिकृत रुद्रप्रसाद रेग्मीले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नवलपरासी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।