Logo

२०८३, श्रावण ३०गते


images
images

समाचार

विद्युत प्राधिकरणको महशुल बक्यौता ५० अर्ब, प्राथमिकताका साथ उठाउन मन्त्रीको निर्देशन

विद्युत प्राधिकरणको महशुल बक्यौता ५० अर्ब, प्राथमिकताका साथ उठाउन मन्त्रीको निर्देशन

images
  • विद्युत प्राधिकरणको महशुल बक्यौता ५० अर्ब, प्राथमिकताका साथ उठाउन मन्त्रीको निर्देशन
    images
    images

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विद्युत महशुल बक्यौता असुली प्रक्रियालाई प्राथमिकताका साथ अगाडी बढाउन निर्देशन दिएका छन् । नेपाल विद्युत प्राधिकरणको महशुल बक्यौता ५० अर्ब एक करोड भएको भन्दै मन्त्री श्रेष्ठले विद्युत महशुल बक्यौता असुली प्रक्रियालाई प्राथमिकताका साथ अगाडी बढाउन निर्देशन दिएका हुन् ।

    images
    images
    images

    प्राधिकरण सञ्चालक समिति र प्राधिकरणका उपकार्यकारी निर्देशकहरुको छुट्टाछुट्टै बैठकमा महशुल बक्यौता लामो समयदेखि अल्झिरहेको र रकमसमेत ठूलो रहेको हुँदा यसलाई छिटो फर्स्यौट गर्नुपर्ने सुझाव दिएका हुन् ।

    images
    images
    images

    महालेखा परीक्षकको ६३औं प्रतिवेदनमा विद्युत महशुल बक्यौता ५० अर्ब १ करोड रुपैयाँ रहेको छ ।

    images
    images
    images

    उनले विगतमा धेरै अध्ययन, छानविन र निर्णयहरु भइसकेको भन्दै यसमा थप निर्णयको आवश्यकता नरहेको र नियम अनुसार प्रक्रिया अनुसार गर्न निर्देशन दिएका छन् ।

    डेडिकेटेड फिडर र ट्रंक लाइनका साथै इन्टरनेट सेवा प्रदायक, औद्योगिक क्षेत्र, सडक बत्तीलगायतका सबै क्षेत्रको बक्यौता असुली गर्नुपर्ने मन्त्री श्रेष्ठको भनाइ छ । उनले कानुनी प्रक्रियामा रहेको बाहेकको क्षेत्रमा बक्यौता असुली गर्न प्राधिकरण अल्मलिने नहुने बताए ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।